२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

आजबाट एसइईकाे ग्रेड वृद्धि परीक्षा सञ्चालन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षा सञ्चालनका लागि देशभर ५५० केन्द्र निर्धारण गरिएको छ । गएको असार १३ गते बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका सबै विद्यार्थीले यसपटक पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यसपटकको एसईई परीक्षामा अनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजारले मात्रै ग्रेड वृद्धि परीक्षाको फाराम भरेको बोर्डले जनाएको छ । सबै विषयका गरी करिब छ लाख थान प्रश्नपत्र छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?