१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

सरकार द्वारा विभिन्न देशका विदेशी नागरिकलाई नेपालमा काम गर्न अनुमति

काठमाडौं । सरकारले विभिन्न देशका दुई हजार ३ सय ३६ विदेशी नागरिकलाई नेपालमा काम गर्न अनुमति दिएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८०–८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति ( श्रम स्वीकृति ) दिएको हो ।

श्रम स्वीकृति लिएर नेपाल आउने ६९ देशका नागरिकमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको विभागले जनाएको छ ।श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् ।

रोजगारीका लागि दैनिक औसतमा दुई हजार जनशक्ति विदेश गइरहेको अवस्थामा सरकारले उच्च दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ ।

यसअघि आर्थिक वर्ष २०७९–८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ९९४ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?