CTEVT लाई अखिल (समाजवादी)काे १० बुँदे माग पत्र

भक्तपुर । सानोठिमी, भक्तपुरमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) मा अखिल समाजबादी ले १० बुँदे माग पत्र बुझाएको छ । संगठनका केन्द्रीय सचिवालय सदस्य तथा CTEVT उपत्यका जिल्ला इन्चार्ज विक्रान्त सी र केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रजित सी द्वारा हस्ताक्षर गरिएको साे माग पत्र बुधवार बुझाइएको हो ।

विद्यार्थीहरुले भोगिरहेका बिभिन्न समस्याहरूलाई सम्बोधन गर्दै सम्बन्धित निकायलाई ध्यान आकर्षण होस भन्ने हेतुले उक्त १० बुँदे माग पत्र बुझाएको विक्रान्त सी ले बताएका छन् ।

१० बुँदे मागहरू :

१) CTEVT मा राजनीतिक भागवण्डाबाट कर्मचारी भर्ना बन्दगरी आवश्यक कमर्चारी खुल्ला प्रतिस्पर्धामार्फत पदाधिकारीदेखि कर्मचारीको पदपूर्ति गरिनुपर्ने ।

२) CTEVT को शैक्षिक क्यालेन्डर लागू नहुने समस्या हटाएर मात्रै शैक्षिकसत्र सुरु गर्नुपर्ने ।

३) सम्बन्धन प्रक्रियाका चरणमा CTEVT का कर्मचारी पदाधिकारीले कमिसनको आधारमा सम्बन्धन दिने काम भनेको शैक्षिक अपराध हो। यस्ता अपराधिक गतिविधि बन्द गरी आवश्यक प्रक्रिया पुगेका कलेजलाई सहजै सम्बन्धन दिने व्यवस्था गरियोस् ।

४) Short term का कार्यक्रममा सरल र सजिलो प्रक्रिया बनाई निश्चित मापदण्ड निर्माण गरि शूल्क निर्धारण र नियमित अनुगमन गर्नुपर्ने ।

५) CTEVT का सबै डिप्लोमा कार्यक्रमको शूल्क वृद्विभन्दा आगिकमा निशूल्क र सम्बन्धनमा सर्वसुलभ बनाउने गरियोस् ।

६) अपग्रेड गर्दा सि.एम.ए. अनमीका धेरै कलेज खारेज भएकाले १० वर्षदेखि आंशिक परीक्षा रहेका विद्यार्थीलाई तत्काल पुनः आंशिक परीक्षा दिने व्यवस्था गरिनुपर्ने ।

७) CTEVT बाट पढेका विद्यार्थीको तथ्यांक सङ्कलन गरी पास भएका विद्यार्थीलाई नेपाल सरकारसँग अनिवार्य रोजगारिको दिर्घकालीन व्यवस्थाको लागि CTEVT ले ग्यारेन्टी गर्नुपर्ने ।

८) शैक्षिक शूल्कलाई यथावत राख्नुपर्ने, निःशूल्क छात्रवृत्तिको संख्या बढाउनु पर्ने ।

९) CTEVT का कर्मचारी सरुवा-बढुवामा कमिसन र राजनीति भागबन्डा बन्द गरी यस विषयमा विगतमा भएको आर्थिक हिनामिना छानबिन गरी कमर्चारीलाई क्षमता, आवश्यकता र सेवाको आधारमा वृद्धिविकास र सरूवा बढुवा गरियोस् । १०) आर्थिक सम्बन्धी सबै काम स्थायी कर्मचारीलाई मात्र दिने गरियोस् ।
१०) आर्थिक सम्बन्धी सबै काम स्थायी कर्मचारीलाई मात्र दिने गरियोस् ।
माग पत्रको पूर्ण पाठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?