कलैया । अज्ञात समूहले गोली हानि हत्या गरिएका रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको परिवारलाइ बिप्लव नेतृत्वको अखिल (समाजवादीले) न्यायिक संघर्षका कार्यक्रममा साथ दिने प्रतिबद्धता जनाएकाे छ । मङ्गगलबार आदर्श कोतवाल वडा न.२ स्थित मृतकको घरमा पुगेर समवेदना पत्र दिँदै संगठनले सो प्रतिबद्धता जनाएकाे हो ।
कुशवाहाको मिति २०८१ जेठ ३२ गते सोहि गाउँपालिका वडा नं. ३ भटिनिया र बतारा बिच पर्ने बौधिमाई मन्दिर नजिक अन्दाजी बेलुका १७:४५ बजेको समयमा अज्ञात समूहद्वारा गोली हानी हत्या गरिएको थियो ।
हत्या भएको १२ दिन विती सक्दा पनि मुख्य अपराधी पक्राउ नपर्दा सरकार र गृह प्रशासन प्रती घर परिवारको अविश्वास बढेको छ । जसकारण पनि परिवारले अखिल (समाजवादी) लाई आफ्नो न्यायिक संघर्षमा एक्यवद्धता लागि अपिल गरेको अखिल (समाजवादी) का नारायणी – मधेस प्रदेश सह- इन्चार्ज लोकेश सी ले जानकारी दिएका छन् । उनले “संगठन सुरुवात देखि नै सो घटनाको विरुद्ध संघर्षमा रहेको र पीडितको न्यायका लागि जस्तोसुकै संघर्षमा जान तयार रहेको बताएका छन् ।
अखिल (समाजवादी)का केन्द्रिय सचिव तथा नारायणी -मधेस प्रदेश इन्चार्ज अटल सी द्वारा हस्ताक्षर गरियको समवेदना पत्रमा :















