बीपी बहुप्राविधिक शिक्षालयका दुई दर्जन विद्यार्थी अखिल समाजवादीमा सङ्गठित

धनुषा । बीपी बहुप्राविधिक शिक्षालयका दुई दर्जन भन्दा बढी विद्यार्थी अखिल (समाजवादी) मा सङ्गठित भएका छन् ।

बिहिबार अखिल (समाजवादी) नारायणी -मधेस प्रदेशका सह-इन्चार्ज लोकेश सीका अनुसार प्लान्ट साइन्स ,भेटिनरी, सिभिल ओभर्सियर, इलेक्ट्रिकल ओभरसियर लगायत विषय पढ्ने दुई दर्जन विद्यार्थी अखिल (समाजवादी) मा सङ्गठित भएका हुन् ।

विद्यार्थीहरूसँग भेटघाट सँगै समस्याबारे बुझ्ने अभियान चलाउँदै आएकोे अखिल (समाजवादी) नारायणी प्रदेशकोे उक्त अभियान बाट प्रभावित भइ विद्यार्थीहरु सङ्गठनमा आबद्ध भएको बताईएको छ । विद्यार्थीको समस्या शिक्षालयभित्र हुने र त्यसको कयौं समस्या होस्टेलमा पनि हुने भएकोले विद्यार्थीहरूलाई होस्टेलमा नै पुगेर भेट्ने अभियान सो प्रदेशले चलाएको अभियान्ताहरुको भनाई छ ।

अखिल समाजवादीका केन्द्रीय सचिव तथा नारायणी, मधेस प्रदेश इन्चार्ज अटल सी, धनुषा जिल्ला इन्चार्ज र स्थानीय पार्टीका नेता दिपेन्द्र लगाएतको टोलीको उपस्थितिमा सुरु गरिएको अभियानमा ,सह-इन्चार्ज लोकेश सी, धनुषा जिल्ला इन्चार्ज रमण सी लगायत नेता कार्यकर्ता अभियानमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?