कञ्चनपुर , जेठ २२ : सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय बिएएलएलबि कार्यक्रम महेन्द्रनगर द्वारा तीन जना उपप्राध्यापक माग गरिएको छ । विश्वविद्यालयले एक सूचना प्रकाशित गर्दै करार सेवाका लागि तीन जना उपप्राध्यापक माग गरेको हो ।
यही जेठ १४ गते प्रकाशित सूचना अनुसार आवेदकले जेठ २८ गते सम्मको क्याम्पसको कार्यालयमा आवेदन दिन सक्ने छन् । साथै दोब्बर दस्तुर सहित असार ३ गते सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । पछिल्लो समयमा सुदुरपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पस महेन्द्रनगरमा र कैलाली बहुमुखी क्याम्पसमा गरी दुई ठाउँमा बि ए एल एल बि कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
सूचना :