५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

१३ गते उपत्यकामा हुने प्रदर्शनकाे लागि कांग्रेसले टोक्यो १५ नेता

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा हुने प्रदर्शनकाे तयारीका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेका छन् । प्रदर्शनको क्रममा उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेका हुन् ।

काङ्ग्रेसले काठमाडौंमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जनालाई जिम्मेवारी तोकिएका छन् । काठमाडौंमा केन्द्रीय सदस्यहरू अब्दुल सतार, सीता थपलिया, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा.डिला सङ्ग्रौला र सरिता प्रसाईंलाई खटाइएका छन् ।

ललितपुरमा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू देवेन्द्रराज कँडेल र अर्जुन जोशीलाई खटाइएका छन् । कांग्रेसले भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामालाई खटाएको छ । बानियाँ बागमती प्रदेश सभापति हुन् ।

नेपाली काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?