१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

अखिल समाजवादीले मनायो सहिद मित्रमणीकाे स्मृति दिवस

चितवन । अखिल समाजवादी द्वारा मित्रमणी आचार्यको ३९ औ स्मृति दिवस मनाईएको छ। १८ गते मङ्गलबार स्मृति दिवसको अवसर पारेर सहिद मित्रमणी आचार्यको हत्या भयको स्थान चितवनको पर्साढापमा गयर एक कार्यक्रम गर्दै साे दिवश मनाइएको हो ।

सोही कार्यक्रममा समजवादिले मित्रमणि माथी भयको आक्रमणको प्रतिरोध गर्ने दुई जना ज्युदो सहिदहरुलाइ सम्मान गरेको थियो ।

कार्यक्रमका वक्ताहरु सबैले मित्रमणी आचार्यले वोकेको विचार आम श्रमजिवी वर्गको पक्षमा रहेको वताउदै आचार्यले वोकेको विचारलाई मर्न नदिन दृढता पूर्वक लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा पोलिटब्युरो सदस्य सन्देश सीले नेकपाले मित्रमणीको शालिक सहितको बहुउद्देश्यीय पार्क निर्माण गर्ने प्रतिबद्धता गरे ।उहाँले मित्रमणी लगायतको सहिदको इतिहासलाई लिपिबद्द गरेर नयाँ पुस्तालाइ भन्न पर्ने र पढाउनुपर्ने बताय ।

‘देशको अग्रगामी परिवर्तनमा आचार्यको भूमिका मत्वपूर्ण छ’ उहाले , ‘परिवर्तनकारी शक्तिहरुका लागि मित्रमणी जस्ता महान शहिदहरुको वलिदानीले शक्ति र प्रेरणा दिइरहने छ।’ अग्रगामी परिवर्तनमा आचार्यको हत्याले क्षती पुराएको वताउदै उनले राज्य सत्ताको दुरुपयोग गर्दै राजनैतिक आवरणवाट आचार्यको हत्या भएको समेत बताएका छन्।

कार्यक्रममा वडा अध्यक्ष ज्ञान प्रसाद खनालले यो महत्त्वपूर्ण कार्यक्रमको लागि अखिल (समाजवादि) लाई धन्यवाद दिय ।

मित्रमणिका सहयात्री बिजय भुजेलले मित्रमणिको आवजलाई सहन नसकि काङ्ग्रेस हरुले आचार्यको हत्यागरेको उल्लेख गर्दै मित्रमणिको विचार मर्न नदिने संकल्पमा सवै अगाडी वढ्नुपर्ने आवश्यकता रहेको बताएका छन। उहाले आचार्यले कम्यूनिष्ट बिद्यार्थि आन्दोलनमा दिएको योगदानको बिषयमा समेत चर्चा गरेका थिए।

कार्यक्रमको अध्यक्ष तथा अखिल समाजवादी का केन्द्रिय सचिव अटलले मित्रमणी को सपना बैज्ञानिक समाजवादी शिक्षा भयको भन्दै आफ्नो सङ्गठनले त्यो पूरा गर्ने प्रतिबद्धता जनाय ।

२०१९ सालमा प्यूठान रम्दी २ तिघ्रामा जन्मिएका आचार्य २०४२ साल वैशाख १८ गते चितवनको मेघौली पर्साढापमा हुने अभिभावक भेलामा जाने क्रममा विचमै हतियारधारी समुहले हत्या गरेको थियो।

अखिल (समाजवादी) को केन्द्रिय सचिव अटल सी को अध्यक्षतामा भयको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सन्देश सी ,केन्द्रिय सदस्य उत्सब सी ,प्रतिनिधि समिती सदस्यहरु मीन प्रसाद, रुद्र सी ,भरत सी ,भरतपुर महानगर वडा न.२६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनाल ,तत्कालीन घटनामा निर्घात पिटुनुभयको बिजय भुजेल ,मधु गुरुङ रास्ट्रीय जनमोर्चाका नेता कृष्ण केसि,नेकपा माओवादी केन्द्र का २५ नम्बर वडा अध्यक्ष राजु भुशाल लगायतको उपस्थित रहेको थियो ।

तत्कालिन अखिल९छैठौं०का केन्द्रिय सदस्य रहेका आचार्य प्रगतिशिल प्यानलवाट कृषि तथा पशु विज्ञान संस्थान रामपुरको स्ववियू सभापति थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?