तीनबुदे सहमति विपरीत इलामबाट विप्लवका कार्यकर्ता पक्राउ

इलाम । तत्कालीन केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमति विपरीत इलाममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन जिल्ला सदस्य नन्दलाल विष्ट पक्राउ परेका छन्,।

पक्राउ परेका विष्टलाई २०७५ सालमा गाडी आगजनी गरेको मुद्दा रहेको र सोही मुद्दामा उनी पक्राउ परेको बुझिएको छ। उनी यसअघि पनि आगजनी लगायतका मुद्दामा कारागार बसी धरौटीमा रिहा भएका थिए। तर राज्यले गरेको तीन बुँदे सहमति विपरित विष्टलाई पक्राउ गरिएपछि नेपाल कम्युनिस्ट पार्टीका इलाम इन्चार्ज मौसमले राज्यले आफैंले गरेको सहमति विपरीत गएर धरपकड र गिरफ्तार शुरु गर्ने हो भने नेकपाले त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्,।

विष्ट पक्राउ परेको विषयमा बोल्दै जिल्ला इन्चार्ज मौसमले उनलाई विनासर्त रिहाइको माग गर्दै राज्यको ज्यादती नेकपालाई सह्य नहुने उनले बताए । प्रहरीले विना कारण फडिन्द्र न्यौपाने को घरमा समेत खानतलासी गर्दै परिवारलाई त्रसित पार्ने काम भएको र यस्तो कार्य आपत्तिजनक रहेको बताएका छन्,।

सहमति पत्र

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?