निजी क्षेत्रमा कर्जा प्रवाह दुई खर्बले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म निजी क्षेत्रमा कर्जा प्रवाह करिब दुई खर्बले बढेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा एक खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत)ले बढेको हो।

गत आर्थिक वर्षको यसै अवधिमा यो कर्जा प्रवाह करिब एक खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत)ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ।

गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरूको ३.५ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ।

२०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.७ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाका लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

कर्जा २४.६ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ११.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.३ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.० प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २०.७ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?