२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले आफूलाई उपयोग गर्न खोजे जुनसुकै बेलामा पनि लात्ताले हान्नसक्ने बताएका छन् । आइतबार दिउँसो ‘शान्ति, प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तक्रियामा बोल्दै उनले राष्ट्रप्रति इमानदार हुने कुरामा निरन्तर कायम भएको र प्रतिक्रियावादीले आफूलाई उपयोग गर्न खोजे भने कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्ने बताएका हुन् ।

’प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूको लागि म विश्वसनीय छैन,हुन पनि परेको छैन । आजको दिन हरेक हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको छ ।’

साथै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेदेखि सहिद परिवारका सदस्यलाई रोजगारी दिने संकल्प गर्दै आफूलाई कतिपयले अनप्रेडिक्टेवल भने पनि आफू चाहिँ श्रमिक , घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल भएको बताए ।’, उनले भने, ‘उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’
‘क्रान्तिकारीजति एक ठाउँमा हुनैपर्छ,अरु कुनै उपाय छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?