१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

काङ्ग्रेसले प्रचण्डलाई काखमा राखेर सिध्याउन खोज्यो !

शेरबहादुर बिश्वकर्मा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली काङ्ग्रेसले प्रचण्ड लगायतका कम्युनिस्ट नेताहरुलाई आफ्नो काखमा राखेर सिध्याउन खोजेको टिप्पणी गरेका छन । बिहिवार काठमाडौको बुद्दनगरस्थित पार्टीका केन्द्रिय सदस्यहरुसङ्ग समसामयिक बिषयमा कुराकानी गर्ने क्रममा महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन।

नेपाली काङ्ग्रेस सहितको सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रचण्डलाई सरकारको नेतृत्व दिएको भएपनि सरकारले जनताका दैनिक समस्या समाधान र रास्ट्रीय स्वाधीनताको सुरक्षा गर्ने भन्दा पनि माओवादी, कम्युनिस्ट र बामपंथी शक्तिहरुलाई बदनाम र असफल पार्न प्रयास भैरहेको भन्दै महासचिव विप्लवले यसबारे गम्भीर हुनुपर्ने बताए ।”एकातिर काङ्ग्रेस सत्ता गठबन्धनको प्रमुख साझेदार दल हो भने अर्कोतिर काङ्ग्रेसको हालै सम्पन्न महासमिति बैठकको आधिकारिक दस्तावेजमा जनयुद्धलाई अपराधीक क्रियाकलाप भनेर परिभाषित र व्याख्या गरिएको पाइयो”- उनले भने-” काङ्ग्रेस स्वयं हिजो युद्दको एउटा हिस्सा हो, त्यसको एउटा कारक हो र शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि हो, जनयुद्ध हुन्थेन भने देश अहिले पनि कहाँ हुन्थ्यो,बिचार गर्न जरुरी छ । ”

त्यस्तै मुलुकको विद्यमान परिस्थितिबारे संकेत गर्दै महासचिव विप्लवले अहिले नेपालमा भारतीयहरु हिन्दुइज्म र राजतन्त्रको एजेन्डा बोकेर आइरहेको र पश्चिमाहरु कृश्चियनकरण र पहिचान सहितको संघीयता तथा धर्मनिरपेक्षताको एजेन्डा बोकेर आएको समेत उल्लेख गरे ।

नेपालमा सामाजिक र जातीय बिबिधताहरु छ्न, यसका सबल र राम्रा पक्षहरु पनि छन,हाम्रो आन्तरिक एकतालाई अझ राम्रो बनाउन समाजवादी संघीयता आवश्यक छ, तर अहिलेको संघीयताले समस्या समाधान गर्ने भन्दापनि सामाजिक बिभाजन मात्रै ल्याउने खतरा छ, त्यसैले नेपालमा जुन उद्देश र मर्मका आधारमा हामीले संघीयताको मुद्दा उठायौ,त्यस प्रकारको संघीयता आउन नसकेको र अब समाजवाद र संघीयता सङ्गसङ्गै लियर अगाडि जानुपर्ने बेला आएको समेत उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?