१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

समाजवादी मोर्चाका कार्यक्रम लागू गर्न विप्लवको निर्देशन

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले समाजवादी मोर्चाले हालै निर्णय गरेका देशव्यापी कार्यक्रम इमान्दारितापुर्वक लागू गर्न पार्टीलाई निर्देशन दिएका छन। सोमवार बुद्दनगरस्थित नेकपाको कार्यालयमा उपलब्ध केन्द्रिय सदस्यहरुसङ्ग मोर्चाको कार्यक्रमबारे सङक्छिप्त ब्रीफिङ गर्दै महासचिव विप्लवले यस्तो निर्देशन दिएका हुन।

नेपाल कम्युनिस्ट पार्टी सहित चार पार्टी सम्मीलित समाजवादी मोर्चाले हालै महासचिव विप्लवलाई नेतृत्व हस्तान्तरण गरेसङ्गै विप्लवको अध्यक्षतामा बसेको बैठकका निर्णयबारे पार्टी सम्बद्द नेताहरूलाई जानकारी गर्दै महासचिव विप्लवले देशैभर समाजवादको पक्षमा प्रचारप्रसार गर्ने,काठमाडौमा बैशाख ३ गते बुद्धिजीवी,, बामपंथी र व्यावसायी सहितको अन्तर्कृया गर्ने,नेकपा मशाललाई समाजवादी मोर्चामा सम्मीलित गराउन पत्राचार गर्ने, समाजवादी मोर्चाको प्रकाशन गर्ने, मिटर ब्याज लगायत समसामयिक बिषयमा मोर्चाले बोल्ने, डिजिटल सहितको प्रचार गर्ने निर्णय गरेको बताए।
मन्तव्यको क्रममा उनले समाजवादी मोर्चालाई कमजोर र असफल पार्न विभिन्न ढङ्गले प्रयत्न भैरहेको भन्दै आफुहरु देशको विद्यमान आर्थिक राजनीतिक संकटको निकास दिन र समाजवादी प्रणाली स्थापित गर्न निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

कुराकानीको क्रममा महासचिव विप्लवले काभ्रेको पाचखालमा गर्ने भनिएको अमेरिकी सेना र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास अब आर्मी हेडक्वाटर काठमाडौमा गर्नु देशको सार्वभौम सत्ताका लागि थप गम्भीर बिषय भएको समेत बताए।” नेपालको सैन्य हेडक्वार्टरमा अमेरिकी सेनाको उपस्थिति बढ्दै छ, वामपन्थी , कम्युनिस्ट शक्तिहरुलाई कमजोर पार्ने र अन्ततः देशका राजनीतिक शक्तिहरूलाई कमजोर पारेर देशमा अस्थिरता पैदा गर्ने षड्यन्त्र तीव्र भएको छ” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?