ध्यान गर्ने बम्जनको दिन टिभि हेर्दै बित्छ « युग प्रेस

केही दिन अगाडि बाल यौन शोषणको आरोपमा पक्राऊ परेका ‘तपस्वी’ रामबहादुर बम्जनले महोत्तरीको जलेश्वर कारागारमा सहयोगी पाएका छन्। बम्जनको माग अनुसार उनलाई एकजना सहयोगी उपलब्ध गराइएको जलेश्वर कारागार प्रशासनले जनाएको छ।

बम्जनले कारागारमा लसुन, प्याज र बेसार हालेको खाना खाँदैनन्। सुरुमा बम्जनलाई पनि अन्य कैदीलाई बनाएको खाना दिँदा उनले आफूले लसुन, प्याज र बेसार हालेको खाना नखाने भन्दै साकाहारी खानाको व्यवस्था गर्न माग गरेका थिए।

बम्जनलाई केही दिन बिहानको खाना उनका अनुयायीले बाहिरबाट ल्याइदिने गरेका थिए। तीन तले कारागार भवनको तेस्रो तलामा बम्जन दिनभरी टेलिभिजन (टीभी) हेरेर बस्ने गरेका छन्। कारागारमा आएका दुई तीन दिन उनले साँझ बिहान योग ध्यान गरे पनि अहिले त्यो छाडेका छन्।

सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा गएको पुस २६ गते बम्जन जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?