संविधान दिवसको उपलक्ष्यमा सुदुरपश्चिम विश्वविद्यालय कानून संकायद्वारा वृक्षारोपण

कञ्चनपुर, असोज ०३ : सुदुरपश्चिम विश्वविद्यालय कानून संकायले आठौ संविधान दिवसको अवसरमा सरसफाई , वृक्षारोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयमा स्नातक तह विएएलएलवि (BALLB) अध्ययनरत दोस्रो ,तेस्रो र पाँचौं सत्रान्त (सेमेस्टर)का विद्यार्थीको आयोजनामा बुधबार सो कार्यक्रम गरिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १५ स्थित रहेको कानून संकायको नयाँ भवनमा सरसफाई तथा वृक्षारोपण गरिएको सोही कलेजमा विएएलएलवि पाँचौं सेमेस्टरमा अध्यनरत विद्यार्थी आदेश सिंह ठकुरीले बताए ।

विद्यार्थीहरुले कलेजको परिसर भित्र फलफूलका बोट , फूलहरूका बोट र अन्य बोट बिरुवा रोप्नुका साथै सरसफाई पनि गरेका हुन् । उक्त कार्यक्रममा सुदुरपस्चिम विश्वविद्यालय कानून संकायकी उपप्राध्यापक निकिता काफ्ले पनि सहभागी थिइन् । सरसफाई तथा वृक्षारोपण कार्यक्रमको अन्तमा आज परेको ८ औँ संविधान दिवसको उपलक्ष्यमा सबैले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

साथै आजै साँझ विद्यार्थीहरुको दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

असोज ०३ लाई नेपालमा संविधान दिवसको रूपमा मनाउने गरिँदै आएको छ र आज देशैभरि विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाइँदै छ ।

तस्बिरहरु :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?