मोरक्कोमा भूकम्प बाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

काठमाडौं । मोरक्कोमा शक्तिशाली भूकम्पमा जाँदा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ ।

दुई हजार ५९ जना घाइते भएका छन् । धेरैको संख्यामा घरबारविहीन भएपछि अधिकारीहरूले शनिबार तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

आन्तरिक मन्त्रालयका अनुसार एक हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका छन् । सबैभन्दा धेरै माराकेशको दक्षिणमा पर्ने प्रान्तहरूका छन् ।

उनीहरूको उपचार भइरहेको छ । भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेशमा हजारौँ मानिस लामबद्ध भएका छन् ।

मोरक्कोमा शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार र राहतका काम सँगसँगै गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?