अमेरिकाले एमसीसी मार्फत युद्ध निर्यात गर्दैछ, पुनर्जागरण आन्दोलन जरुरी : रणवीर सी

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी केन्द्रिय स्कुल बिभाग इन्चार्ज भरत सी `रणवीर´ले एमसीसी मार्फत अमेरिकाले युद्द निर्यात गर्न खोजिरहेकोले अब नेपालका देशभक्तहरुले पुनर्जागरण आन्दोलन सञ्चालन गर्नुपर्ने बेला आएको टिप्पणी गरेका छन। मकवानपुरको हेटौंडामा बिहिवार आयोजित `रास्ट्रघाति एमसीसी खारेजी बिषयक´ अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता भरत सी ले यस्तो धारणा राखेका हुन।

बिश्वको शक्ति सन्तुलनमा आएको फेरबदल र अमेरिकी अर्थ व्यवस्थाको आन्तरिक जीवनमा मडारिएको संकटलाई टार्न र उदियमान चीनको प्रभाव र लोकप्रीयतालाई रोक्ने उदेश्यले अमेरिकाले नेपाललाई युद्दस्थल बनाउन खोजेको भन्दै नेता भरत सी ले भने- “शीतयुद्धको अन्त्यपछी अमेरिका केहि समयसम्म एकछत्र जस्तो देखिएपनि अहिले चीन विश्वमा शक्तिशाली बन्दै गएको छ, अमेरिकी एकाधिकारलाई चुनौती दिन सक्ने गरि अगाडि आएको छ, चीनको फैलिदो प्रभावलाई रोक्न नेपालमा एमसीसी आएको हो तर उसले बाह्य आबरणमा नेपालमा बिकास गर्ने, गरिबी हटाउने, रोजगारी सिर्जना गर्ने र नेपालको विद्युत निर्यातमा आवश्यक पुर्बाधार बनाउने कुरा गरिरहेको छ। यो बहाना मात्रै हो ।”

“शुरूवातमा काङ्ग्रेस -एमालेहरु समेत एमसीसी विरुद्ध देखिन्थे तर पछि अमेरिकाले दबाब ,धम्की र आश्वासन दिएपछि नेताहरू लत्रीए” उनले भने-” प्रचण्डलाई त हेग पुर्याउने धम्की दिए भने अरु नेताहरुलाई एकातिर दबाब र धम्की दिए भने अर्कोतिर आश्वासन , लालच र कुर्सीको प्रलोभन देखाएपछि नेपालमा एमसीसी पास गरियो।”

स्थायी समिति सदस्य भरत सी ले नेपाललाई विश्वशक्ति र बिश्वयुद्दको क्रिडास्थल बनाउनका लागि एमसीसी पास गरिएको भएपनि नेपालको संसदले समेत व्याख्यात्मक घोषणा गर्नु नै एमसीसी देशको दीर्घकालीन हितका लागि खतरा छ भन्ने कुराको स्विकारोक्ति हो ,त्यसैले अब संसदले रातारात पास गरेको १२ बुदे व्याख्यात्मक घोषणा समेत लागु हुनुपर्ने बताए।

एमसीसीले नेपाली जनमतलाई बिभाजित गरेर रास्ट्रीय एकतालाई कमजोर पार्ने प्रयास गरेको, देश नवऔपनिवेशिक उत्पीडनमा फसेको बेला एकीकृत समाजवादी पार्टीले एमसीसीबारे अनुगमन समिति बनाएर राम्रो काम गरेको र अब समाजवादी मोर्चा, अन्य पार्टी र देशभक्त शक्तिहरुले समेत अनुगमन समिति बनाउनु पर्ने र २/४ जना नेता र मन्त्रीले देश विरुद्ध दलाली एवम् गद्दारी गरेको भएपनि आमनागरिक देशभक्त भएकोले रास्ट्रीय स्वाधीनताको आन्दोलन जरुरी रहेको बताए।

मन्तव्यको क्रममा उनेले कम्युनिस्ट , समाजवादी आन्दोलन र हसिया /हतौडा अंकित झण्डा विरुद्ध अमेरिकाले नै ओसामा विन लादेनलाई पालितपोषित गरेको र पछि विन लादेनले नै ११ सेप्टेम्बरमा अमेरिकाको जुम्ल्याहा भवनमाथि हमला गरेको स्मरण गरे।एक फरक प्रसङ्गमा संकेत गर्दै अमेरिका र युरोपका देशहरू नेपाल जस्ता गरिब, विपन्न र पछि पारिएका तेस्रो बिश्वका देशहरूको साधन , श्रोत र सम्पदाको शोषण गरेर धनी भएको समेत उनको भनाइ थियो।

नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित अन्तर्कृयामा साहित्यकार तथा स्वतन्त्र बुद्धिजीवी पुरुषोत्तम आचार्यले जंगलमा आगलागी हुँदा चराको चुच्चोले पानी निभाएको कथा भन्दै एमसीसी विरुद्ध सबै एक भएर उठ्नुपर्ने धारणा राखेका थिए भने कार्यक्रमका बक्ता बिष्णु दाहालले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा अनुगमन समिति बनाएको जानकारी गराउँदै १२बुदे ब्याख्यात्मक घोषणा लागु गर्नुपर्ने र एमसीसी इस्ट ईन्डिया कम्पनी जस्तै भएकोले नागरिकहरु सतर्क हुँदै नेकपाको आन्दोलनमा एक्यवद्धता रहेको बताए।

नेकपा मालेका नेता हरिकृष्ण अधिकारीले जनताले आ-आफ्नो घरमा भएको हतियार निकालेर लड्नुपर्ने बेला आएको बिचार राखेका थिए भने अर्का वक्ता एवम् ऋषि कट्टेल नेतृत्वको नेकपाका नेता माननाथ तिमिल्सिनाले सबै देशभक्तहरु एक हुनुपर्ने विचार राखेका थिए।

नागरिक उन्मुक्ति पार्टीका नेता बिकास लामाले कुर्सीको स्वार्थमा एमसीसी पास गरेपनि एमसीसी बिरोधी जनआवाज नसुने युद्ध हुने चेतावनी दिएका थिए।

त्यस्तै कार्यक्रममा लेखक तथा स्वतन्त्र ब्यक्ति कमलचन्द्र सुमनले एमसीसी नेपाललाई झन गरिब बनाउन क्रियाशील भएकोले बिरोध गर्नुपरेको बताउदै विद्युत स्टेशनका प्रभावित जनताको आवाज सुन्नुपर्ने धारणा राखेका थिए।मकवानपुर सितलटारको प्रभावित क्षेत्रका स्थानीय अगुवा दिलबहादुर थिगले आफुहरुको उठिबास लाउने एमसीसी कुनै हालतमा आउन र काम गर्ने नदिने बताए ।

नेकपा मकवानपुर इन्चार्ज वाटर सी को अध्यक्षतामा भएको कार्यक्रममा सुर्य सीले मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन विवेक सीले गरेका थिए भने अन्तर्कृयामा नेकपा पोलिटब्युरो सदस्य तथा पुर्बी नारायणी ब्युरो इन्चार्ज एटम सी ले कार्यक्रमको औचित्य,देशको परिस्थिति र आजको आवश्यकताबारे प्रारम्भमा बिषयबस्तु प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?