लेखा अधिकृतले गरे ४ करोड ६७ लाख भन्दा बढिको भ्रष्टाचार

काठमाडौं । लेखा अधिकृतले पदको दुरुपयोग गरी चार करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार
गरेको आरोप सहित मुद्दा दायर भएको छ ।

जलस्रोत अनुसन्धान विकास केन्द्र,पुल्चोक ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध सो मुद्धा लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ जेठ १७ देखि २०७९ मङ्सिर २८ गतेसम्मको जाँच अवधिमा समग्र आय र व्ययको विश्लेषण गर्दा सो रकम भ्रष्टाचार आरोप लागेको छ ।

कार्कीको पारिश्रमिक आय, श्रीमतीको आय, भत्ता, घर बहाल, बिमा, जग्गा बिक्री बैंक ब्याज सबै गरी वैध आय एक करोड आठ लाख ४८ हजार ५९० रुपियाँ देखिएको र सो अवधिमा निजको खर्च तथा लगानी,जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर,अध्ययन खर्च,सवारी साधन खरिद,विभिन्न कम्पनीहरूको शेयर खरिद,घर बहाल गरी पाँच करोड ७५ लाख ८७ हजार ३७० रुपियाँ व्यय देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सिर्जित आयबाट व्यय घटाउँदा चार करोड ६७ लाख ३८ हजार ७८० बिगो रकमसहित भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना जफतको माग दाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?