८५ करोड लागतमा काठमाण्डौमा बन्यो प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि तयार भएको आवास गृह हस्तान्तरण गरेका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको भैंसेपाटीमा तयार आवास गृह हस्तान्तरण गरेका हुन् ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि भैंसेपाटीमा प्रत्येक प्रदेशका लागि एउटा भवन तयार भएको छ । सो भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ ।

ती भवन काठमाडौँ आउँदा मुख्यमन्त्री र प्रदेश प्रमुखले बस्नका लागि प्रयोग गर्नेछन् । उनीहरुका लागि सम्पर्क कार्यालय समेत राखिने भएको छ । उक्त आवास भवन तयार गर्न ८५ करोड लागत लागेको बताइएको छ । २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?