शिक्षक कुटपिट प्रकरण : भीमदत्तमा विद्यालय बन्द गर्ने शिक्षकहरूको घोषणा

कञ्चनपुर : छात्रामाथि दुव्र्यवहार गरेको आरोप लागेका भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माविका शिक्षक बिरेन्द्र जोशीमाथि कुटपिटमा संलग्नलाई कार्बाहीको माग अघि सारेर आइतबारदेखि शिक्षक आन्दोलित भएका छन । नेपाल शिक्षक महासंघ पालिका स्तरिय आन्दोलन परिचालन समिति भीमदत्त नगरले आइतबारदेखि नगरका सामुदायिक तथा निजी विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको जनाएको छ ।

शिक्षक महासंघ भीमदत्त नगर आन्दोलन परिचालन समितिले प्रहरीको हतकडीदेखि प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएको भन्दै घटनामा सलग्नमाथि कार्बाही नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

नेपाल शिक्षक महासंघ पालिका स्तरिय आन्दोलन परिचालन समिति भीमदत्त नगरका संयोजक धर्मानन्द जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा बिहान १० बजे भीमदत्त नगरपालिकामा जम्मा भई विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?