विद्यार्थीले ५ वर्षसम्ममा नाम, उमेर र जात सच्याउन पाउने

काठमाडौं । सरकारले पाँच वर्षसम्ममा शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउन पाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने निर्णय गरेको हो ।

यसअघि शैक्षिक प्रमाणपत्रमा त्रुटि भए प्रमाणपत्र पाएको ६ महिनाभित्र सच्याउन मिल्ने व्यवस्था थियो । तर, मन्त्रिपरिषद् बैठकले ‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ पारित गरेसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्ष भित्रमा सच्याउन पाउने छन् ।

जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर विद्यार्थीहरु समस्यामा पर्ने गरेका थिए । यसअघिका विद्यार्थीलेसमेत यो उपनियम प्रारम्भ भएको मितिले १ वर्षभित्र शैक्षिक प्रमाणपत्रको त्रुटि सच्याउनको लागि दरखास्त दिन पाउने व्यवस्थासमेत गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?