फेरि बैठक नै नबसी प्रतिनिधि सभा बैठक ५ गते सम्मका लागि स्थगित

काठमाडौं । आइतबार (आज)का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय दलको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

आइतबार बसेको दुवै बैठकमा प्रमु्ख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । तर, सरकार उच्चस्तरीय छानबिन समिति गठन नगर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

एमालेले अडान नछाडेपछि संसदको अवरोध कायम रहेको हो । त्रिभुवन विमानस्थल भन्सारबाट जाँच पास भएर बाहिरिएको ६० किलो बरामद सुन प्ररकणमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीसमेत दोषी रहेको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?