लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकारात्मक छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । आज (आइतबार) १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टिकापुर हत्या काण्डका छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका हुन् ।

उक्त हत्या काण्डका प्रमुख नाइके भनिएका रेशम चौधरी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै राष्ट्रपतिको आम माफीबाट जेलमुक्त भएका छन् । गत बुधबार सर्वोच्च अदालतले उक्त घटना चौधरीकै नेतृत्वमा भएको ठहर गर्दै पुर्णपाठ सार्वजनिक गरेको थियो । उक्त घटनामा आफ्नो कुनैपनि संलग्नता नरहेको बयान दिंदै आएका चौधरीले आदलतले पुर्णपाठ सार्वजनिक गरेपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनि समेत दिएका थिए ।

प्रधानमन्त्री दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोक्न आयोगका सचिव फेरेको भ्रम फैलाइएको भन्दै आफूले सचिव नफेरिएको बताए । उनले आफू प्रधानमन्त्री भएयता सूचनाको हकबारे धेरै कामहरू गरेको उल्लेख गरे ।

उनले विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ब्लकचेन टेक्नोलोजीको अध्ययन गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले राज्यमा भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिनेमात्र नभई दिने संस्कारको विकास गर्न आवश्यक रहेको बताए ।

उनले देश संघीय गणतन्त्रमय भए पनि पुराना कानुनहरू समयानुकूल संशोधन नहुँदा त्यसको प्रत्यक्ष असर सरकारको कामकारबाहीमा परेको बताए । प्रधानमन्त्री दाहालले राज्य संयन्त्रका सूचना विवरण, तथ्य र तथ्यांक संकलन र अद्यावधिक गर्ने कार्यलाई समयसापेक्ष प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?