राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वानको तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । पाका राजनीतिज्ञ पौडेलले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलो पटक राष्ट्राध्यक्षको रूपमा सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् ।

संकटपूर्ण अवस्थाहरूमा साझा धारणा वा सहमतिहरू कायम गर्न राष्ट्रपतिले सर्वदलीय बैठकहरू बोलाउने परम्परा रहेको छ । अहिले भने त्यस्तो असाधारण वा संकटपूर्ण अवस्था नै भने छैन । तर, नेकपा एमालेको अवरोधका कारण संसद् भने चल्न सकेको छैन ।

लामो समयदेखि संसद् अवरुद्ध हुँदा अति महत्त्वपूर्ण जनचासोका मुद्दाहरू ओझेलमा परेका छन् । यस पटक राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुको प्रयोजन संसद्को अवरोध हटाउनु रहेको बुझिएको छ ।

साउन १० देखि एमालेको अवरोधले संसद्का दुवै सदन चल्न सकेका छैनन् । साउन २ गते हङकङ हुँदै नेपाल भित्रिएको सुन तस्करीको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमाले माग गर्दै आएको छ । तर, सरकारले संसदीय समिति गठन गर्न मानेको छैन ।

भदौ ३ गते प्रतिनिधि सभाको बैठक तय गरिएको छ । तर, एमालेको अडान कायमै रहेका कारण बैठक बस्न सक्ने सम्भावना कम छ । त्यसैले बैठक अघि नै राष्ट्रपतिले समाधान खोज्ने प्रयास गरेका हुन् । सम्भवतः भदौ २ गते बेलुका सम्ममा सर्वदलीय बैठक बस्नेछ ।

राष्ट्रपति पौडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बेग्ला बेग्लै छलफल गरिसकेका छन् । तर, छलफलबाट निकास निस्कन नसकेपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक नै आह्वान गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?