गौरीगंगा नगरपालिकामा अखिल (क्रान्तिकारी) कैलालीको १० बुँदे मागपत्र, माग पूरा नभए संघर्स गर्ने

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कैलाली जिल्ला समितिले कैलालीको गौरीगंगा नगरपालिकामा शैक्षिक सुधारका लागि १० बुँदे माग पत्र बुझाएको छ । बुधबार अखिल क्रान्तिकारी कैलाली जिल्ला इन्चार्ज प्रकाश सी ले नगरप्रमुखलाई उक्त माग पात्र बुझाएका हुन ।

संगठनले राखेका मागहरु :
१.सामुदायिक बिद्यालयको गुणस्तर सुधारको निम्ति बिशेष योजना बनायर कडाइ पुर्वक लागु गरियोस् ।

२.शिक्षा क्षेत्रमा हुने गरेको शिक्षक,कर्मचारी नियुक्ति सरुवा बढुवा लगायत राजनीतिक भागबन्डाको अन्त्य गरियोस् ।

३.बिद्यालयमा आवस्यक दरबन्दी कायम गर्नुका साथै शिक्षकलाइ तालिमको ब्यबस्था मिलाइयोस!

४.निजि बिद्यालयको नियमन,अनुगमन तथा मुल्यांकन गरि मापदण्ड अनुरुप वर्गीकरण गरियोस् ।

५.सामुदायिक बिद्यालयमा सुक्ष्म अध्ययन, अनुगमन गरि भाषा लगायत विभिन्न बहानामा लिइने शुल्क खारेज गरिनुका साथै आवस्यक दक्ष जनशक्ति कायम गरियोस् ।

६.बर्ष भरी अध्ययन गराउदा कोर्स पूरा नगर्ने तर ट्युसनमा २/३ महिनामा पूरा गर्ने यस्तो गम्भीर बिसय अध्ययन गरि कारबाही गरियोस्। र निशुल्क अतिरिक्त कक्षाको ब्यवस्था गरियोस्।

७.दर्ता नभएका तथा मापदण्ड नपुगेका शैक्षिक संस्थाका नाममा गरिने ब्यापार कानूनी कारबाही गरि खारेज गरियोस् ।

८.निजि तथा सामुदायिक बिद्यालयका शिक्षक कर्मचारीको उचित पारिश्रमिक देखिने गरि कायम गरियोस् ।

९.विद्यार्थीले पाउने १०% छात्रवृत्ति कडाइ पुर्वक कार्यान्वयन गरिनुका साथै छात्रालाइ बिद्यालयमा निशुल्क सेनिटरी प्याडको ब्यवस्था गरियोस्।

१०.शैक्षिक क्षेत्र सुधारका लागि राम्रो कार्य गर्ने बिद्यालय,शिक्षक,विद्यार्थीलाई हौसला स्वरुप उचित पुरुसकारको ब्यवस्था गरियोस् ।

नगरप्रमुख देविदत्त कडेलले संगठनले उठाएका जायज मागहरुलाई आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफूहरुले राखेका मागलाई नगरपालिकाले सम्बोधन नगरे थप संघर्ष गर्ने संगठनका इन्चार्ज प्रकाश बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?