कञ्चनपुर कारागार भित्र गुण्डाराज : कैदिमाथि निर्घात कुटपिट

कञ्चनपुर : कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट भए पछि विवाद उत्पन्न भएको छ । कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका सुवास भट्टमाथि कुटपिट भएको भन्दै आफन्तले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेका छन् । कारागारभित्र भट्टमाथि निर्घात कुटपिट भएको पीडितका आफन्तले बताए ।

कारागारका चौकीदार र नाइकेले कैदीबाट रकम असुल्ने गरेको समेत आफन्तको आरोप छ। कैदी सुवासलाई भेट्न नदिएको भन्दै उनका आफन्तले आक्रोस समेत पोखेका छन्। कारागार परिसरमा भीड बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको छ।

कैद भुक्तान गरिरहेका गेटाका सुवास ७ महिनादेखि लागुऔषध मुद्दामा कारागारमा छन्। उनी यसअघि पनि लागुऔषध मुद्दामै पटकपटक कारागार परिसकेका छन्। कारागार कार्यालय कञ्चनपुरका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कुटपिट नभएको दाबी गरिन्। आइतवार कैदीलाई उनको आफन्तसँग समेत भेटाइएको बताइन्। ब्लक परिवर्तन गरेको झोकमा सुवासले आफन्त बोलाएर लफडा गराएको उनले दाबी गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?