महेन्द्रनगरमा रहेको भृकुटी माविका विद्यार्थीलाई अभिमुखीकरण तालिम प्रदान

प्रकाश भट्ट/कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको भृकुटी माविका विद्यार्थीहरूलाई नियमित खोप, जन्मदर्ता र बालबालिका न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । युनिसेफ नेपालको सहयोगमा तथा बास नेपालले सञ्चालन गरेको अभिमुखीकरण तालिम सामाजिक व्यावहार परिवर्तन परियोजना कार्यक्रम अन्तर्गत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिएको बास नेपाल कञ्चनपुरका जिल्ला सचिव चक्र प्रसाद पन्त बताउनुभयो ।

विद्यार्थीहरूलाई बच्चा जन्मेको ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने र जन्मदर्ताको प्रक्रियाको विषयमा बास नेपालका सामाजिक परिचालक पुष्कर राज पन्तले जानकारी प्रदान गरेका थिए। यस्तै बालबालिकालाई जन्मदेखि १५ महिनासम्म प्रदान गरिने नियमित खोप, बालविवाह न्यूनीकरण र कोभिड-१९ खोपका विषयमा समेत विद्यार्थीहरूलाई अभिमुखीकरण तालिम प्रदान तथा सामाजिक सुरक्षा भत्ता र पोषणका विषयमा समेत जानकारी प्रदान गरिएको बास नेपाल कञ्चनपुरका जिल्ला सचिव पन्तले बताउनुभयो। अभिमुखीकरणमा झण्डै २७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?