१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

सिरियाबाट आयो दुःखत खबर : दश जना सैनिक कसरी मारिए ?

बेरुत, २३ साउन । इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् ।

युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ ।

सोमबार साँझ भएको उक्त आक्रमण छ जना सैनिक जवान घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका छन्भने कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन् । सन् २०१७ सम्म राका शहर आईएस समूहको क्रूरता केन्द्र बनेको थियो ।

गत साता आईएसले आफ्ना नेता अबु अलहुसेन अलहुसेनी अलकुरेशीको मृत्यु भएको घोषणा गरेको थियो । उत्तर पश्चिमी सिरियामा भएको झडपमा उनी मारिएका उसले बताएको थियो । सिरियाका मरुभूमिमा लुकेका आईएस लडाकाले सर्वसाधारणका साथै सरकारी सेनामाथि आक्रमण गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?