प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको उनीहरुको आरोप छ ।

आज पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाए । पार्टी सभापति एवं रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखे ।

‘कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ । जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले मुख्य तीन दलका कारण संसद् अवरुद्ध हुँदै आएको भन्दै आपत्ति जनाए । ‘संसद्मा महत्त्वपूर्ण विधेयकमाथिको छलफल हुन सकेको छैन, जनताको मुद्दामाथि बहस भइरहेको छैन’, उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षका नाममा तीन पार्टीले सदनलाई बन्धक बनाउने कामको रास्वपाले विरोध गर्छ ।’

रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले जनताको मुद्दामा सत्तापक्ष र प्रतिपक्ष गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘संसद् अवरुद्ध गरेर प्रतिपक्ष र सत्तापक्ष आफैँ मिल्ने भेट्ने गरिरहनुभएको छ, सामाजिक सञ्जालमा फोटो आउँछन्’, उनले भने, ‘सदन सञ्चालनको खर्च, सांसदको समय र जनताको मुद्दामा उहाँहरु जिम्मेवार हुनुभएन ।’

आज बैठक बस्न नसकेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेका लागि तय भएको छ । सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताए ।

सुन तस्करी प्रकरणको विषयमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउने मागमा अडान लिएको प्रतिपक्ष नेकपा (एमाले) सदन अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?