खाजाघरको आडमा यौन धन्दा चलाई रहेकी एक महिला पक्राउ

पोखरा । प्रहरीले पोखरा महानगरपालिका – ८ सिर्जनचोकमा रोशन खाजाघर चलाउने ३७ वर्षीया पार्वती काराखेतीलाई पक्राउ गरेको छ । नाबालिक किशोरी र युवतीहरूलाई कामदारको रूपमा राख्ने र जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा महिलालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई बिहीबार पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेसँगगै प्रहरीले १८ वर्षीया एक किशोरीको उद्धार गरेको छ ।

खाजाघरमा प्रहरीसँगै वडाका जनप्रतिनिधि र शुभअवसर ग्राम नामक संस्थाका पदाधिकारी पनि पुगेका थिए । पार्वती पक्राउ परे पनि उनकी छोरी भने फरार छन् ।

प्रहरीका अनुसार पार्वतीका आमाछोरीले खाजाघरमा कामदार राख्ने र यौन धन्दामा लगाउने गर्थे । बैदाम प्रहरीका अनुसार पक्राउ परेका पार्वतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?