सवारी चालकलाई कारबाही गर्दा तीन करोड ४५ लाख ३८ हजार राजश्व सङ्कलन

काठमाण्डौ। ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिँदा रु तीन करोड ४५ लाख ३८ हजार राजश्व सङ्कलन भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो । 

गत आर्थिक वर्ष २०७९/८० मा चितवन जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ६६४ सवारी चालकलाई कारबाही गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा पार्क, तीव्र गतिमा सवारी चलाउने लगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो। 

कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार १९४, जीप तथा कारका चालक सात हजार ७१२, ट्र्याक्टर चालक एक हजार ६०९, मोटरसाइकल तथा स्कूटर चालक १३ हजार १०७ र टेम्पो तथा अटोरिक्सा लगायत सवारीका चालक ६ हजार ९६७ रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

गत आवमा ३०३ सवारीसाधन दुर्घटनामा परेको र सो क्रममा ७८ जनाको मृत्यु पनि भएको थियो। ती दुर्घटनामा १७० जना गम्भीर र ४११ जना सामान्य घाइते भएको तामाङ बताए।

सबैभन्दा बढी जिल्लाका भित्री सडकमा १४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका शहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?