आदिवासी परिवारबाट डेढ करोडभन्दा बढी मुल्य रहेको सुनका सिक्का बरामद

मुम्बई । भारतस्थित मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट डेढ करोडभन्दा बढी मुल्य अनुमान गरिएको २४० सुनको सिक्का प्रहरीले लुटेको छ ।

यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ । सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिवेदन बनाएका थिए ।

यस घटनाको खुलासा भएपछि हाल फरार रहेका ५ प्रहरीलाई निलम्बन गरिएको छ । समाचार अनुसार उत्खननका क्रममा आदिवासीहरूले सुनका सिक्का फेला पारेका थिए। जसलाई पछि आफ्नो घरको जमीनमा लुकाएर राखेका थिए । प्रहरीले यस बारेमा आफ्नो गुप्तचारबाट जानकारी लिएको थियो ।

गुप्तचरबाट जानकारी प्राप्त भए लगत्तै प्रहरी गत जुलाई १९ तारिख त्यहाँ पुगेर आदिबासीको घरबाट सबै सिक्का लिएर फरार भएका थिए ।

जबकि नियमअनुसार ती सिक्का सरकारी कोषमा जम्मा गर्नुपर्ने थियो । तर प्रहरीले सरकारी कोषमा जम्मा गरेनन् ।

सरकारी कोषमा जम्मा नगरेको तथा आदिबासी समूहलाई क्षतिपूर्तिसमेत नदिएको समाचार बाहिरिएपछि ती ५ अभियुक्तलाई निलम्बन गरी अनुसन्धान शुरु गरिएको भारतीय मिडियाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?