१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

बजेटमा नीति परिवर्तन गर्दा त्यसको बाहिर प्रभाव र लगानीलाई प्रोत्साहन हुने गरी गर्न आवश्यक छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा नीति परिवर्तन गर्दा त्यसको बाहिर प्रभाव मूल्यांकन र लगानीलाई प्रोत्साहन हुने गरी गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट-अ होलिस्टिक डिस्क्लोजर’विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्ने भन्दै आर्थिक विधेयकमार्फत सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको साथै निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको बताएका छन् ।

उनले आर्थिक विधेयकमा स्टिल तथा उत्पादनमूलक उद्योगमा कायम गरिएको करका दर परिमार्जन हुनुपर्ने बताए। उनले सरकारले बैंक तथा वित्तीय संस्थाहरू मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुटलाई कटौती गर्नु राम्रो नभएको बताए।

अध्यक्ष ढकालल चालु आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्थाहरू बजेटले खारेज गरेको विषलाई निजी क्षेत्रले स्वीकार गर्न नसक्ने बताए । उनले आर्थिक नीति स्थिर भएको हेर्न चाहेको भन्दै वर्षैपिच्छे करका दर परिवर्तन हुनु राम्रो नभएको उल्लेख गरे।

अध्यक्ष ढकालले सरकारको आर्थिक विधेयकमा करका दर अचानक परिवर्तन गर्दा दीर्घकालीन असर पर्ने बताए। उनले निजी क्षेत्रले बजेट सुुन्दा राम्रो भन्ने तर पाना पल्टाउँदा विरोध गर्ने प्रचलन रहेको भन्दै बजेट लेख्दा राम्रो भाषामा लेख्ने तर आर्थिक विधेयकमा लेख्ने नम्बर परिवर्तन हुने गरेको आशंका व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?