२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

काठमाडौँ, ३ जेठः भारतीय अभिनेत्री तथा नृत्याङगना नोरा फतेही शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा । उहाँ संयुक्त अरब इमिरेट्सबाट आज विहान नेपाल आइपुग्नुभएको हो । उहाँले आज साँझ बौद्धस्थित हायात मैदानमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मा आफ्नो प्रस्तुति दिनु हुनेछ। तस्बिरः भेषराज कार्की÷रासस
काठमाडौँ- भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताउनुभएको छ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताउनुभयो ।

“म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, अभिनेत्री फतेहीले भन्नुभयो । उहाँले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताउनुभयो । उहाँ संयुक्त अरब इमिरेट्सबाट आज फ्लाई दुबईबाट नेपाल आउनुभएको हो ।

उहाँको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै नेपाल आइसकेका छन् । उहाँले आज साँझ तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रम प्रस्तुति दिनुहुनेछ ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?