भिनपा सँग पूर्व मुख्यमन्त्री रावल सहित युबा बिद्यार्थी सहभागी सर्वदलीय बैठकको निर्णयको प्रतिलिपी माग

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार स्थित मदन चोकमा रहेका २२ सटरका विषयमा भीमदत्त नगरपालिकाले गरेका निर्णय माग गरिएको छ । सो स्थानमा सटर बनाउन जमिन नपुग्ने र मापदण्ड विपरित बनाउन नहुने तर्क सहित आन्दोलनमा उत्रिएका युवा विद्यार्थीले नगरपालिकासँग सुचना माग गरेका छन ।

मंगलबार सुचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै पालिकामा निवेदन दिएको युवा नेता दिपेन्द्र सिह ऐरले बताए । उनका अनुसार ०८१ मंसिर २१ गते भीमदत्त नगरपालिकामा भएको सर्वदलिय पक्षीय बैठकबाट भएका निर्णयको प्रतिलिपी माग गरेको छ ।

यस अघि पटक पटक माग गर्दा नदिएपछि सुचनाकै हक प्रयोग गरेको उनले बताए । संयुक्त युवा विद्यार्थीका तर्फबाट चन्द्रकान्त जोशी,करन सिह पाल, रमेश पन्त,कैलाशचन्द्र गिरी, दिपेन्द्र सिह ऐर, प्रज्वल कुँवर,तोयराज जोशी,तुल बहादुर थापा(मगर) सहितले हस्ताक्षर गरेको निवेदनमा संविधानको धारा २७ सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ को उपदफा १ बमोजिम तत्काल बैठकबाट भएका निर्णय उपलब्ध गराउन माग गरिएको हो ।

सडक विस्तारका क्रममा मदन चोक क्षेत्रबाट हटाएका सटरका विषयमा पछिल्ला दिनमा पेचिलो बनिरहेको छ । युवा विद्यार्थीले मापदण्ड पुग्दैन भनेर आन्दोलनमा उत्रिएका बेला यस अघिका २२ सटरवाला व्यवसायीले सोही स्थानमै दिनुपर्ने माग अघि सारेका छन भने सर्वदलियक बैठकमा सोही स्थानमा मापदण्ड नपुग्ने भन्दै दल, सरोकारवालाले अन्यन्त्र व्यवस्थापनको धारणा अघि सारेपनि स्थानीय सरकारले निकास दिन नसक्दा विषय रुमलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?