लमजुङको सुन्दरबजारको परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका –२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका –२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो ।

परेवाडाँडाको खड्का गाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका –७ तार्कुटारका कुमराज परियारको गोरु प्रथम भएको छ । यस्तै सुन्दरबजार–२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो तथा भानु नगरपालिका–१० दुधेकुनाका विष्णु रावलको गोरु तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई १५ हजार, दोस्रो हुने गोरुधनीलाई १० हजार र तृतीय हुने गोरुधनीलाई पाँच हजार पुरस्कार वितरण गरिएको आयोजक देवभूमि युवा क्लबका अध्यक्ष महेश परियारले जानकारी दिनुभयो ।

लमजुङको परेवाडाँडामा विगत केही वर्षदेखि निरन्तररुपमा पुस १५ को अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिँदै आएको छ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा लमजुङ र तनहुँका गरी २० गोरुलाई सहभागी गराइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?