कञ्चनपुर, पुष १० : जनयुद्ध जनक्रान्तिका महान सहिद तथा वेपत्ता परिवार सगठन नेपालले जनयुद्धले गरेको महान परिर्वतनमाथि आक्रमण भईरहेको जनाएको छ । सर्वोच्च अदालतले जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नगर्न अन्तरिम आदेश दिएसंगै जनयुद्ध जनक्रान्तिका महान सहिद तथा वेपत्ता परिवार सगठन नेपालले जनयुद्धले गरेको महान परिर्वतनमाथि आक्रमण भईरहेको जनाएको हो ।
जनयुद्ध जनक्रान्तिका महान सहिद तथा वेपत्ता परिवार सगठन नेपालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल,कुमार रेग्मी,हरि प्रसाद फुयाल र मनोज कुमार शर्माको इजलासले सरकारी कामकाजमा ुजनयुद्धु शब्द प्रयोग नगर्न दिएको अन्तरिम आदेश नेपाली आमाका असल सन्तानहरुको त्याग,बलिदान र समर्पणको उत्कर्षकाल महान जनयुद्ध (जुन नेपाली शोषित पीडित जनताको मुक्तिका खातिर चलाइएको र जनतालाई सचेत बनाउदै देशिय सामन्तवाद र वैदेशिक प्रतिक्रियावादका विरुद्ध लडिएको थियो) को अपमान अवमूल्यन भएको ठहर गरेको छ । जनयुद्ध र जनआन्दोलनको बलिदान जगमा निरङ्कुश राजतन्त्रको अन्त भइ निर्मित वर्तमान राज्यसत्ताको अंगहरु मध्ये एक न्यायालयले यस्तो आदेश दिनुले हजारौ हजार जनताको रगत पसिनाको अवमूल्यन भएको जनाएको छ । ‘जनयुद्धको जगमा निर्मित यो राज्यसत्ता साम्राज्यवादीहरुको निर्देशन बाट जनयुद्ध लाई जसरी बिदुपीकरण गरिदै छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘अदालतको फरमान पछी जसरी विभिन्न मिडिया तथा अन्य तहबाट जनयुद्धका केही गलत पक्षलाई मात्र हाइलाइट गरि जनयुद्धले गरेको महान परिवर्तन माथि तीब्र आक्रमण गर्नु यो दलाल संसदीय राज्य ब्यबस्थाको फाँसीवादी चरीत्र हो ।’
पछिल्लो घटना नेपाल ऐनको दफा ६४ फिर्ता लिने प्रस्ताव गर्नु परिवर्तनकामी जनता र नेता कार्यकर्ता माथि फासीवाद लाद्नु कदापि उचित नहुने दावि गरिएको छ सर्वोच्च अदालतको उक्त अन्तरिम आदेश तुरुन्त खारेज गर्न , जनयुद्धका विरुद्ध आम सबैलाई बिष बमन नगर्न र नेपाल सरकारले नेपालको ऐनको दफा ६४ लागू गर्न जोददार माग गरिएको छ । जनयुद्ध जनक्रान्तिका महान सहिद तथा वेपत्ता परिवार सगठन नेपालका केन्द्रीय अध्यक्ष हरिस दयाल(अुर्जन)द्वारा हस्ताक्षरित गरिएको विज्ञीप्तीमा हजारौं हजारको बलिदान,त्यागको सम्मानको लागि सम्पूर्ण सहिद तथा बेपत्ता योद्धा परिवार प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिर्दै जनयुद्धलाई बिदुपीकरण गरिने कार्यको प्रतिवाद गर्न आम शोषित पीडित जनसमुदाय,जनयुद्ध जनक्रान्तीका घाइतेहरु र आम सबैलाई हार्दिक अपील गरिएको छ ।















