बैजनाथ ईन्जिनियरिङ्ग कलेजका विद्यार्थीको विदाई

कञ्चनपुर, पुष ४ : कञ्चनपुरको एक कलेजले विद्यार्थीको विदाई कार्यक्रम गरेको छ । भीमदत्त नगरपालिका २ उल्टाखाम महेन्द्रनगरमा रहेको बैजनाथ ईन्जिनियरिङ्ग कलेजले विद्यार्थीको विदाई गरेको हो । बिहीबार एक कार्यक्रमका विच बैजनाथ ईन्जिनियरिङ्ग कलेज तेस्रो बर्षका विद्यार्थीकको विदाई गरिएको कलेजले जनाएको छ ।

बैजनाथ ईन्जिनियरिङ्ग कलेज प्रिन्सिपल धुव्रराज अवस्थीले शैक्षिक सत्र ०७८÷०७९ २२औँ ब्याजका विद्यार्थीको विदाई गरिएको बताए । प्रिन्सिपल अवस्थीका अनुसार तेस्रो बर्ष दोस्रो खण्डका विद्यार्थीकको विदाई गरिएको छ । उनीहरुलाई मायाको चिनो दिएर विदार्ई गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सैद्धान्तिक सिकाईलाई व्यवहारिक रुपमा प्रयोग गर्दै समाजका लागि आफ्नो शिक्षालाई उपयोगमा जोडदिएका छन ।

कार्यक्रमका सभापति समेत रहेका बैजनाथ ईन्जिनियरिङ्ग कलेजका संचालक एव अधिवक्ता नन्दलाल चटौतले विद्यार्थीको उज्जल भविष्यको कामना गरेका छन । अधिवक्ता समेत रहेका कलेजका संचालक चटौतले कलेजको नाम राख्न समेत आब्हान गरेका छन । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका बैजनाथ ईन्जिनियरिङ्ग कलेजका सल्लाकार परिष्द सदस्य मोहन देव पन्तले प्राविधिक शिक्षा आर्जन गरेका विद्यार्थीले थप समाजिक सेवामा जोडदिए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष माधव सिह धामीले पनि देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताए । यसरी भव्य विदाई गरेपछि बैजनाथ ईन्जिनियरिङ्ग कलेजका विद्यार्थी उत्साहित हुँदै कलेजले लगाएको गुन नभल्ने जनाउँदै पाएको शिक्षा अनुरुप समाज विकासका लागि अघि बढ्ने बताएका छन । कलेजले विद्यार्थीलाई डटपेन, डायर, दोसल्ला , फोटोफ्र्रेम दिएर विदाई गरेका थिए । कार्यक्रममा कलेजका सचालक, विद्यार्थी, शिक्षक, अभिभावक, सरोकारवाला सहितको सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?