अब मन्त्रीका गाडी पनि ट्राफिक नियमभित्र

काठमाडौं । काठमाडौं उपत्यकाको सडकमा अब विशिष्ट व्यक्तिहरूलाई पनि ट्राफिक नियम लागू हुन थालेको छ । सोहीअनुसार मन्त्रीलगायत उच्चपदस्थले सडकमा पाउँदै आएको विशेष सुविधा ट्राफिक प्रहरीले रोकेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही भदौदेखि अतिविशिष्ट (भिभिआइपी)बाहेकको हकमा सडकमा नागरिकबराबर नै व्यवहार गर्न थालेको छ । सोहीअनुसार मन्त्रीलगायत उच्चपदस्थको गाडी पनि ट्राफिक लाइटमा रोकिन थालेका हुन् । उनीहरूलाई लेनको नियम पालना पनि अनिवार्य लागू गरिएको छ ।

यसअघि मन्त्रीहरूको गाडी ट्राफिक प्रहरीले ट्राफिक लाइटमा समेत एम्बुलेन्सलाई जस्तै गरी जान दिने गरेको थियो । सडकमा जाम भएको अवस्थामा विपरीत लेनसमेत प्रयोग गर्न दिई ‘विशेष सुविधा’ पाउँदै आएका थिए । यसबाट सडकमा समस्या बढेको भन्दै ट्राफिक प्रहरीले उच्चपदस्थहरूलाई यस्तो सुविधा रोकेको हो । विशिष्टहरूले सडक नियमसमेत पालना नगरेकामा नागरिकस्तरबाट समेत प्रश्न उठ्दै आएको थियो ।

विशिष्टहरू धेरै भएको र सडक व्यवस्थापनमा पनि समस्या बढ्दै गएपछि नियम पालनामा कडाइ सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका एक उच्च अधिकारीले बताए । यसका लागि ट्राफिक प्रहरीले मन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)हरूलाई समेत बोलाएर यसबारे ब्रिफिङ गरेको थियो । यसअघि पिएसओहरूले नै सडकमा नियम मिचेर मन्त्री तथा विशिष्ट व्यक्तिका गाडी अगाडि बढाउँथे ।

भिभिआइपीहरूले भने सडकमा विशेष सुविधा पाउँदै आएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको हकमा भने सुरक्षाको कारण ट्राफिक लाइटमा गाडी नरोक्ने गरिएको छ ।

यसरी भिआइपीलाई सडक नियममा कडाइ गर्नुको अर्काे कारण भने राज्यप्रति सर्वसाधारणको बढ्दो असन्तुष्टि पनि हो । सडकमा समेत उच्चपदस्थले नियम नमान्ने प्रवृत्तिले जनआक्रोश अझै बढ्न जाने र त्यसले सुरक्षामा समेत जोखिम निम्त्याउन सक्ने भन्दै विशिष्टहरूलाई नियम पालना गराउन थालिएको ट्राफिक प्रहरी अधिकारी बताउँछन् । गृह मन्त्रालयको समेत सहमति लिएर ट्राफिक प्रहरीले भिआइपीहरूमाथि सडक अनुशासन लागू गरेको हो । यद्यपि, केही मन्त्रीले आकस्मिक काम परेको भन्दै नियम मिच्न खोज्ने गरेको ट्राफिक प्रहरीको गुनासो छ ।
नयाँ पत्रिका दैनिक बाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?