ओली सरकारमा कैद मिनाहाका लागि ६ सय २० जना कैदीबन्दी सिफारिस

काठमाडौं । आउने असोज ३ गते संविधान दिवसको दिन पारेर सरकारबाट हुने कैद मिनाहाका लागि देशभरबाट ६ सय २० जना कैदीबन्दी सिफारिस भएका छन् । कारागार व्यवस्थापन विभागले देशभरका कारागारबाट आएको ६ सय २० जना कैदीबन्दीको विवरण सार्वजनिक गरेको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार कैद कट्टाको सिफारिसविरुद्ध जनताको प्रतिक्रिया आउने क्रममा छ। यो सिफारिसमा पर्नेहरूमा आफूउपर परेको सजायको ५० प्रतिशत कैद बसिसकेका ५ सय ८६ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना छन्। यस्तै ३ जना जेष्ठ नागरिक छन्।
सबैभन्दा बढी चोरी मुद्दाका १ सय ८५ जना, बहुविवाह मुद्दाका १ सय ४३ जना, सवारी ज्यान मुद्दाका ९५ जना, नकाबजनी चोरी मुद्दाका ८२ जना, डाँका मुद्दाका ७३ जना र अन्य विभिन्न कसुरका कैदीहरू छन्।

कारागार व्यवस्थापन विभागले गत असार ९ गते नै कैदकट्टा हुनका लागि देशभरका कारागार कार्यालयबाट सिफारिस भएका ६ सय २० जना कैदी बन्दीको विवरण विभागको वेबसाइटबाट सार्वजनिक गरिएको थियो। आगामी असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले कैदीहरूको कैद मिनाहा गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?