२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

सुस्मिता चौलागाईकाे ससक्त अभिनयमा रहेको मौलिक गित ‘मालचरी’काे लोकप्रियता ह्वात्तै चुलियो

काठमाडौँ । गोरखा फुजेलमा जन्मिएर संघिय राजधानी काठमाडौंलाई कर्मथलो बनाएका नेपाली गीत सङ्गीत तथा हास्य सिने शृङ्खलाका पर्दा पछाडीका एक अब्बल कलाकार जसको संघर्ष यात्रा कहालीलाग्दो छ ।

जसले सानै उमेरदेखी कला क्षेत्रलाई आफ्नो ड्रीम प्रोजेक्ट मान्दै एसएलसी परिक्षापछी सहर छिरेका कृष्ण लामिछानेले गीत सङ्गितमा आफ्नो जिबन देखे तत्पश्चात सुरु भयो उनको कलाकारिता यात्रा । जतिबेला नेपाली साङ्गीतिक क्षेत्रमा बिसौ वर्ष साधना गरेका अग्रज कलाकारहरुको एकछत्र राज थियो अहिले जस्तो युट्युब सामाजिक सन्जालको जमना थिएन ।

थियो त अडियो क्यासेट र डिभिडी तथा सिआरबिटी पिआरबिटीको जमना त्यतिबेला कलाकारहरु अडियो क्यासेट डिभिडी बेचेरै लाखौ कमाउथे यही कमाउन पनि त्यतीबेला लाखौ लगानी लगाउनु पर्थ्यो,उनी भन्छन,पुराना कलाकारहरु सिआरबिटी पिआरबीटी प्रचेज गरेर अगाडि ल्याउन रिन काडेरै भएनी लाखौ बोकेर हिड्थे आफुसंग त्यो हैसिएत थिएन।

यस्तो प्रथालाइ तोडेर साच्चिकै राम्रो सिर्जना भए लाखौ नखर्चिएरै पनि कलाकारिमा चल्न सकिन्छ भन्ने नजिर बसाल्ने प्रतिज्ञाकासहित यो क्षेत्रमा नवाप्रवेशीको रुपमा कलाकारितामा आए। यही सिलसिलामा अग्रज कलाकारहरुसङ्गको सहकार्यमा उनले आफ्नै लगानीमा दर्जनौ एल्वमहरु तयार गरे जसबाट अपेक्षित व्यापार हुन सकेन र ठूलो रिनको भारी बोक्नु पर्यो। घरको अनि आफ्नो अहोरात्र मेहनतको कमाइले पनि त्यसलाइ थेग्न नसकेपछि कलाकारिताकै क्षेत्रमा जीवन देखेका लामिछाने मन गरुङ्गो पारेर विदेशीन बाध्य हुनुपर्यो ।

विदेशी भुमी अर्काको देश खटन उनलाइ त्यहापनी टिक्न गारो भयो र कडा परिश्रमकाबिच विदेश जान खोजेको साहुको रिन तिर्न पनि हम्मेहम्मे परेपछी जे त होला अब आफ्नै मातृभुमिमा दुख गर्छु, र कलाकारिताकै क्षेत्रलाइ सिरोपर गर्छु केही गरेर देखाउछु भन्दै नेपाल फर्किएर हास्य टेलीशृङ्खलामा कथा लेखन सुरु गरे अनि त्यहाबाट आएको पारिश्रमिकले आफ्नो परिवार पाल्दै पुरानो रिन चुक्ता गर्न थाले त्यहाबाट थोरै सफललता मिले पस्चात नेपाली हास्य सिने टेलीश्रीङ्खलामा पनि कथा लेखनमा उनको माग ह्वात्तै बड्न थाल्यो यो त एउटा फरक पाटो थियो तर जसरी भएपनी गित संगीतकै क्षेत्रमा केही गरेर देखाउने अठोट उनको जिबितै थियो । टेलीफिल्म सङ्गै उनले गित संगीतलाई अझै प्राथमिकतामा राख्न थाले अनि सुरु भयो उनको सङ्गीत क्षेत्रमा सफलताको यात्रा।

केही समय अगीमात्र रिलिज गरेको गीत बस बस पियारीले सर्बाधिक सफलता हात पारेपछी उनमा अरु गीत पनि सिर्जना गर्ने हिम्मत आयो लामिछानेले गरेका हरेक सिर्जनालाई दर्शक श्रोताहरुले एकपछी अर्को गर्दै मन पराउन थालेपछी उनले भर्खरै मात्र आफ्नै लय शब्द र म्युजिक भिडियो निर्देशनमा सनिबार मालचरी नामक गीत सार्वजनिक गरेका छन्। यो गीतलाई पनि बजारमा सार्वजनिक गरेको केही घण्टा नबित्दै दर्शक श्रोताहरुले सर्वाधिक रुचाएका छन् ।

नेपाली गीत संगीत क्षेत्रका अग्रज तथा बहुचर्चित कलाकार कुलेन्द्र विश्वकर्मा र पछिल्लो समयकी चर्चित गायिका कोकिल आवाजकी धनी सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको ‘मालचरी’ नामक टिपिकल लोक गीतमा चर्चित गायक तथा मोडल अर्जुन सापकोटा र सुस्मिता चौलागाइ, रामचन्द्र पण्डितको ससक्त अभिनय रहेको छ।

दिपक घिमिरे नामक अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको मालचरीमा थेगोको परिकल्पना दिपक घिमिरेको रहेको छ। यसअघि विभिन्न टेलिसिरियल तथा गीतको म्युजिक भिडियो निर्देशन गर्दै आएका गीतका रचनाकार तथा संगीतकार लामिछानेले आफै म्युजिक भिडियो निर्देशन गरेका छन् । सिलसिलेवार रुपमा सुरुदेखी अन्तिमसम्म भिडियोमा उतारिएको कथा बस्तु र पात्र हेर्दा उनी म्युजिक भिडियो निर्देशनमा पनि अब्बल ठहरिएको र कथालाइ कलामा बगाउन सक्षम रहेको चर्चा सुरु हुन थालेको छ। दिपक घिमिरेको प्रस्तुतिमा सार्वजनिक गरिएको मालचरी नामक गीतमा नेपालमा बहुचर्चित र नवकलाकार गरि दर्जनभन्दा बढी कलाकारहरु अनुबन्धित रहेका छन् ।

गीतमा शब्द सङ्गीतकार तथा निर्देशन कृष्ण लामिछाने अर्जुन सापकोटा, सुस्मिता चौलागाईं, दिपक घिमिरे, राजेन्द्र बाजुराली बिनोद बाजुराली,गोभिन्द पराजुली, खडक बाजुराली,बिरबहादुर थारु, देबेन्द्र काप्री, पवन कार्की लागाएतका कलाकारहरु आ-आफ्नो क्षमता दक्षताको क्षेत्र अनुसारको भुमिकामा छन् । सुमधुर आवाजका धनी राजेन्द्र बाजुरालीको अडियो एडिटिङ, अब्बल यारेन्जर तथा स्टुडियो मालाश्रीका सन्चालक बिनोद बाजुरालीको सङ्गीत संयोजन, खडक बाजुरालीको मिक्सिङमा तयार गरिएको गितको अडियो पनि निकै क्वालिटीयुक्त भएको प्रतिकृया प्रसस्तै सुन्न सकिन्छ।

त्यस्तै म्युजिक भिडियो तर्फ पनि उत्तिकै प्रसंसा र चर्चा सुन्न सकिन्छ। परिक्षणकालमै रहेका निर्देशकको यस्तो कथा बस्तुसंगको अन्तरघुलन अनि त्यसैमाथी अर्जुन सापकोटा भर्खर कलाकारितामा प्रवेश गरेकी सुस्मिताको त कुरै छोडौ यी र यस्तै कलालाकारहरुको सशक्त कला प्रस्तुतीले गीत को लोकपृयतालाइ थेग्न नसकिने स्थिती नआउला भन्न सकिन्न।

लामिछानेका ‘मालचरी’ लगाएत दर्जन भन्दाबढी गितहरुले सर्वाधिक चर्चा कमाइसकेका छन् । ‘मालचरी’ गीत पछिल्लो पुस्ता, पाका पुस्ता सबैले हेर्दा सुन्दा आफ्नो समयको यथार्थ चित्र छर्लंग हुने आभास दिलाउनेगरि तयार गरिएको गीतका रचनाकार तथा निर्देशक बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?