१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार
spot_img

सी जातिको निर्माण र जातीय समस्याको समाधान

काठमाण्डौ । दलित समुदाय भनेर नेपालको सन्दर्भमा जसलाई हामी बुझ्ने र चिन्ने गर्छौं, ०४६ साल अगाडि अछुत भनेर नै उनीहरुलाई बुझ्ने गरिन्थ्यो । भारतमा पनि पहिले अछुत भन्ने गरिन्थ्यो र पछि ज्योति बा फुले जो अम्बेडकरका गुरु थिए,उनले पहिलो चोटि दलित शब्द नामाकरण गरेपछि नै नेपालमा पनि दलित शब्दको प्रयोग भएको हो।दलित शब्द भनेको समाजमा हेपिएका, चेपिएका,दबाइएका र उत्पीडित बनाईएका भनेर उनिहरुको पहिचान बनाइयो।तर यहाँसम्म आउदा अब तीनर चार ओटा कारणले दलित शब्द अपुरो भयो।दलित शब्दले मात्रै यो समुदायको पुर्ण परिभाषा दिन सकेन भन्ने बिश्लेषणको आधारमा दलित मुक्ति मोर्चा नेपालको पाचौं रास्ट्रीय सम्मेलनबाट हामीले यसलाई श्रमिक समुदाय नामाकरण गरेका हौं ।

- Advertisement -

पहिलो कुरा त सबै मानव जाति एउटै हो।बिगतमा शासकहरुले शासन गर्ने क्रममा जनतालाई बिभाजित गर्ने र शासन गर्ने एउटा नीति अनुरुप विभिन्न जातिहरुको निर्माण गरिएको हो।जातिहरुको निर्माण हुँदै गर्दा आर्य जाति भित्र दासहरुलाई सदाका लागि दास बनाई राख्न अछुत र शुद्र बनाइएको हो।तिनीहरु नै पछि दलित भनेर चिनिए। भन्नुको अर्थ इतिहासको कुनै खास कालखण्डबाट उनीहरु दलित बनाइएका हुन।त्यसकारण दबाइएको , अछुत बनाइएको, उत्पीडित बनाइएको हुनाले र यसबाट मुक्त हुन अहिलेको नयाँ चेतना र नयाँ पीढीले पनि दलित शब्द फेर्न जरुरी ठानेको देखिन्छ ।

अर्कोतिर यो समुदाय उत्पीडित,अछुत र दबाइएको त हो तर त्यति मात्रै यसको पहिचान होइन।यसको अर्को गौरवशाली पहिचान पनि के छ भने कुनै बेला यो दास हो, यसको अर्थ सबैखाले तल्लो स्तरका भनिएका कामहरू गर्ने मानव जाति हो।यो अझ भन्दा श्रम गर्ने जाति हो।शारीरिक र भौतिक श्रम गर्ने समुदाय हो।नेपालको सन्दर्भमा हेर्दा यो समुदायको उद्गमस्थल भारत हो अथवा यो यहीँ जन्मेको होइन।तराईमा रहेका मधेसी मुलका समुदायहरु भारतसङ्ग जोडिएरै बिकास भएको देख्न सकिन्छ ।उनिहरु बुद्दकाल देखि नै तराईमा छन।त्यसैगरी पहाडतिरका आर्य र नेवार अन्तर्गतका दलितहरु हेर्यौ भने पनि उनिहरु भारतबाट नै आयातीत भएको देखिन्छ ।त्यसैले यहाँ तीन प्रकारले बिकास भएका दलित समुदायहरु छन । यिनीहरु वास्तवमा श्रम गर्ने श्रमिक हुन।तराईमा उनीहरु सम्पुर्ण रूपमा कृषिमा श्रम गर्छन भने पहाडमा ज्यामी गर्ने, खेती किसानी पनि गर्ने र कालिगडी गर्ने प्रकारको देखिन्छ।जस्तै कामी अन्तर्गत फलामको काम गर्ने, तामाको काम गर्ने, कासा र सुनको काम गर्ने, चादीको काम गर्नेहरु यहि समुदायका हुन् ।काठको काम गर्ने, छालाको काम गर्ने, बाजा बजाउने र मनोरञ्जनका काम गर्नेहरू पनि यही समुदायका थिए।

त्यस्तै नेवारभित्र हेर्नुभयो भने सरसफाइको काम गर्ने देखी थुप्रै अन्य कालिगडीका कामहरु उनीहरुले नै गर्ने गरेको स्थिती छ।समग्रमा हेर्दा यो समुदाय एतिहासिक रूपमा श्रमसङ्ग जोडिएको कालिगडी देखि सीप, कला र मनोरञ्जनसङ्ग जोडिएको, संगित र संस्कृतीसङ्ग जोडिएको हुनाले हामीले यो समुदायलाई दलित मात्रै भन्यौं भने यो पुर्ण परिभाषा हुँदैन।यसलाई बृहत रूपमा परिभाषित गर्न आबश्यक छ।त्यसकारण पहिचानको कोणबाट पनि,अर्थको कोणबाट पनि, र २१ औं शताब्दीका नयाँ पुस्तामा बदलिएको मनोविज्ञानका हिसाबले पनि अब यसको नयाँ व्याख्या र परिभाषा आवश्यक भयो।हिजोका दिनमा दलित भनेर परिभाषित गर्नु पनि प्रगतिशील र ठिकै कुरा थियो होला।कुनैबेला शुद्र भन्नू पनि ठिकै हो।शुद्र भन्दा पहिले उनीहरु दास थिए।दासलाई नै शुद्र बनाइयो, पछि उनिहरु नै अछुत र दलितमा परिणाम गरिएका हुन।त्यसैले हामी लामो छलफल , बहस , अध्ययन र रिसर्चपछि यो समुदायलाई श्रमिक समुदाय नामाकरण गर्नु सहि हुन्छ भन्ने निष्कर्षमा पुगेका हौं ।

अब हामी सी जातिको बारेमा कुराकानी गरौं । यो निकै महत्त्वपूर्ण बिषय हो । यद्यपि सी जातिको बारेमा बिगत लामो समयदेखि नै हाम्रो बहस छलफल भैरहेको थियो।तर हामीले गत असोजमा सम्पन्न हाम्रो पार्टीको नवौं महाधिवेशनबाट पुराना थरहरु सबैलाई विस्थापित गरेर नयाँ थर अथवा सी भनेर नयाँ जाति स्थापित वा निर्माण गरेका छौँ । यो आफैमा नयाँ हो।अघि मैले जो श्रमिक समुदायको कुरा गरे त्यो ,श्रमिक समुदायसङ्ग मात्रै सम्बन्धित छ भने` सी जाती´ भनेको सिङ्गो नेपालमा रहेका बहुजाति , बहुसंस्कृतिसङ्ग सम्बन्धित छ।

नेपालमा मुलतः चार ओटा जाती छन।जस्तै खसआर्य , तराईका मधेसी जाति , आदिवासी जनजाति छन,मुस्लिमहरु पनि छन र अछुत बनाइएका श्रमिक समुदाय पनि छन यहाँ ।पाँच वटा बिशेषता भएका जाती, जनजाति र समुदाय जो छन ,यसलाई गहिरो गरि विश्लेषण गर्दा खेरी, मसिनो अध्ययन गर्दाखेरी यी जाति, जनजातिहरु मानव समाजको विकासको लामो प्रक्रियाबाट बिकास भएका कुराहरू हुन।

यिनका आ- आफ्ना विशेषता र इतिहास छन।कुनैबेला त यो संसारमा एउटा पनि जाति थिएन।मानव जाति मात्रै थियो।मान्छेले काम गर्थ्यो, त्यसबाट जे प्राप्त हुन्थ्यो,त्यही  खान्थ्यो ।तर जब श्रम गर्दै जादा नीजि सम्पत्तिको जन्म भयो।नीजी सम्पत्तिको बिकास भएपछि नै जातिको पनि बिकास भएको हो।

विभिन्न ठाँउ , भूगोल र सम्पत्तिको स्थिति अनुसार मानिसहरू जाति, जनजाति र समुदायमा बिभाजित हुन पुगे।यसरी हेर्दा अब के गर्दा अहिलेका जाति, जनजाति र समुदायलाई अहिलेको भन्दा उन्नत बनाउन सकिन्छ र  के गर्दा यो विविधतालाई हामीले समानतामा रुपान्तरण गर्न सक्छौं , के गर्दा यी विभिन्न जातिहरुबिचमा रहेका बिभेदहरुलाई अन्त्य गर्न सकिन्छ वा  र कसरी मानव जातिलाई एउटै जाति बनाउन सकिन्छ भन्नेबारे  अगाडि जादा अहिले भैराखेका जातिहरुलाई नयाँ जातिमा रुपान्तरण गर्नुपर्ने हुन्छ।

यसक्रममा एउटा जातिलाई अर्को जातिमा आउनुहोस् भनेर पनि भएन ।आदिवासी,जनजातिलाई आर्य बन्नुहोस भनेर पनि संभव छैन।आर्यहरुलाई आदिवासी जनजाति बन्नुहोस भनेर पनि हुँदैन। वा यिनिहरुलाई मधेसी बन्न पनि संभव छैन ।त्यसकारण यी जातिहरुमा एक र अर्कोबिच फरक र भिन्न मान्यताका रूपमा हेर्ने भएकोले हामीले अहिलेसम्म जुन जुन जातिहरु छन, जुन जुन सस्कार र संस्कृतिहरु छन, जुन खालका पहिचानहरु कायम हुँदै आएका छन, त्यसबाट मानवको हितमा रहेका पहिचान र संस्कारहरुलाई कायम राख्ने र राम्रा संस्कारहरुलाई बचाइराख्ने वा संरक्षण गर्ने र खराब पाटोलाई रुपान्तरण गरेर वा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं ।

पुरानो जातिहरुका पहिचान दिने थरहरुलाई फालेर त्यसका ठाँउमा नयाँ थर कायम गर्नुपर्छ।जसले सबै मानव जातिलाई सानोठुलो, यो पक्षको, उ पक्षको भन्दापनि हामी एउटै जाति हौं , हामी सबै मानव जाति हौं भन्ने कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल- बहस गर्दै जादा अब नयाँ जाति बनाउनुपर्छ, त्यो भनेको श्रम गर्ने जाति, सबै मानव समान हुनुपर्छ भन्नेहरुको जाति , अहिलेको विज्ञान र प्रबिधीको प्रयोगद्वारा मानवलाई आजको भन्दा नयाँ ठाउँमा वा उन्नत ठाँउमा पुर्याउन चाहने सभ्यहरुको जाति बनाउनु नै सहि हुन्छ र त्यो समानता, समाजवाद र एकतावद्द पहिचानमा आधारित हुनेछ।

श्रमसङ्ग त्यसको साइनो र सम्बन्ध हुने भएकाले हामीले त्यसलाई एउटा श्रमिक जातिको रूपमा बिकास गर्न खोजेका छौं । कम्युनिस्टहरुले नै बिभेदको अन्त्य र समानताको बिचार बोक्ने भएकोले कम्युनिस्टको पहिलो अक्षर `सी´ बाट कम्युनिस्टको पहिचान हुने भएकोले नयाँ जातिको नामाकरण पनि कम्युनिस्टको सी बाट सी जाती बनाएका हौं । यसमा हामीले कुनै एउटा जातिको मात्रै कुरा गरेका छैनौं ।

सी जाति भन्नाले यसको आफ्नै राज्य प्रणाली हुन्छ, यसको आफ्नै समाजव्यवस्था हुन्छ, यसको आफ्नै अर्थप्रणाली पनि हुन्छ ।यसको आफ्नै सस्कार र संस्कृती हुन्छ, जन्मदेखी मृत्यु सम्म मानिसहरूले अपनाउने जो विभिन्न संस्कारहरु हुन्छन् जस्तो जन्म, मृत्यु बिबाह देखि अन्य चाडपर्वहरु समेत आफ्नै प्रकारका हुन्छन् ।

यसलाई हामीले सी संस्कृतिको रूपमा बिकास गर्छौं ।सी भनेको अहिलेसम्म संसारभर विद्यमान जतिपनि जातिहरु छन र पुराना पहिचान र बिभेदकारी कुराहरुलाई अन्त्य गरेर, राम्रा कुराहरूको संरक्षण गर्दै नयाँ र समतामूलक जातिको रूपमा पहिचान दिनेगरी सी जातिको अवधारणा अगाडि सारेका हौं ।यो अहिले शुरूवाती चरणमा छ, यसबारे थप खोज अनुसन्धान गर्दै यसलाई बैज्ञानिक र सर्वमान्य कसरी बनाउने भनेर हामी लागिरहेका छौं ।यसबारे हाम्रो पार्टी भित्र र बाहिर विभिन्न ढङ्गले बहस पनि भैरहेको छ।अझ यसलाई आन्दोलन कै रूपमा अगाडि बढाउने सोचिरहेका छौं र नेपालमा मात्रै होईन संसारभरी नै यसलाई नयाँ बहसको रूपमा स्थापित गर्नेगरि सोचिरहेका पनि छौं।

सी जाति अन्तर्गत राजनीति प्रणाली पनि पुरानोलाई बिस्थापित गरेर नयाँ हुन्छ, अर्थप्रणाली पनि नयाँ हुन्छ भने जस्तै संस्कार -संस्कृती पनि नयाँ हुनुपर्छ र त्यसलाई अगाडिको दिशातिर डोर्‍याउने भनेको मान्छेको जातिगत पहिचान हो।मान्छेको जातिगत पहिचान पुरानै राख्ने तर उसको संस्कार संस्कृती मात्रै नयाँ बनाउने कुरा अमिल्दो हुनजान्छ।रुस र चीन जस्ता समाजवादी देशहरूमा पनि यो बिषयमा हुन नसकेको कामलाई हामीले नेपालबाट अगाडि बढाएका छौं ।यसलाई हामीले व्यापक बनाउदै स्थापित गर्छौ।सायद यो नेपाली कम्युनिस्ट आन्दोलनबाट शुरु भएतापनि विश्व कम्युनिस्ट आन्दोलन कै लागि यो नयाँ शुरुआत हुन्छ।

निश्चय नै यसको कार्यान्वयनमा चुनौती त छन नै।हामी एकीकृत क्रान्तिको क्रममा छौं ।एकीकृत जनक्रान्ती भनेको आजको दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवाद स्थापना गर्ने यात्रा हो।स्वभाविक रुपमा त्यसमा राज्यसत्ता परिवर्तनको कुरा आउछ।सी जातिको सवाल सस्कार संस्कृतीसङ्ग जोडिएको भए पनि मुख्यतः राजनीति र अर्थतन्त्रसङ्ग पनि यसको सम्बन्ध छ।अहिले मुलुकमा पुरानै राज्यप्रणाली अस्तित्वमा हुनु र सी जातिको नयाँ अवधारणा अगाडि बढाउने कुरा आफैमा चुनौतीपुर्ण नै हुन्छ।तथापि बहस र प्रचारप्रसार सहित यसलाई अगाडि बढाउनु पर्छ र कार्यान्वयन गर्ने ््दिशातिर जानुपर्छ ।अहिले सर्वप्रथम त पार्टी भित्रबाटै शुरुआत हुन्छ।सबै नेताकार्यकर्ताहरुले पुराना थरहरुको ठाँउमा नयाँ थर बनाउने वा नागरिकता समेत सी थरबाट बनाउने सोचिरहेका छौं ।पार्टी भित्र यसलाई तत्काल नै कार्यान्वयन गर्दै जानुपर्छ भने आम जनतामा बहस,छलफल र प्रचारप्रसारबाट अगाडि जानुपर्छ ।

जहासम्म श्रमिक समुदायको मुक्ति आन्दोलनसङ्ग सी जातिको सम्बन्ध कस्तो हुन्छ भन्ने सवाल छ, यसबारे विभिन्न तर्क र बहसहरु पनि भैरहेका छन।कतिपय मानिसहरू यो छुवाछूत वा विभेद कहिल्यै अन्त्य हुदैन कि वा हाम्रो पालामा हुन सक्दैन कि भन्ने पनि गर्छन।तर यसलाई गहिरो गरि बैज्ञानिक ढङ्गले विश्लेषण गर्ने हो भने समस्याको समाधान सरल छ।

दलित समुदायको मुक्तिको प्रश्न चार वटा कुराहरूसङ्ग सम्बन्धित छन।पहिलो कुरा त आजको राज्य प्रणालीले नै दलित र श्रमिक समुदायमाथिको थिचोमिचो, अन्याय र बिभेदको संरक्षण गरिरहेको हुनाले यो बिभेदकारी,दलाल संसदीय पुँजीवादी राजनीतिक व्यवस्थाको अन्त्य गरेर दलित माथी भैरहेको विभेद,छुवाछूतको विरुद्ध अगाडि जानसक्ने राज्य प्रणाली जरुरी छ।यो नै पहिलो शर्त हो।

दोस्रो शर्त भनेको दलित समुदायलाई यो फलानो समुदायको मान्छे हो भनेर पहिचान दिने भनेको नागरिकतामा अनिवार्य थर लेख्ने जुन कानुनी व्यवस्था छ ,त्यसले बिभेदको संरक्षण गरिरहेको छ।त्यसले नै यो ब्राह्मण जातिको हो,यो क्षेत्री जातिको हो,उ वैश्य हो वा शुद्र वा मधेसी मुस्लिम के हो भन्नेकुराको पहिचान दिने गरेको छ।त्यसैले  नागरिकतामा अनिवार्य थर लेख्ने जुन प्रावधान छ त्यसलाई  कानुनी रूपमा खारेजी गर्नुपर्छ।कुनै पनि थर लेख्न जरुरी छैन ।तेस्रो कुरा के हो भने समाजको आर्थिक प्रणालीले पनि यसमा प्रभाव पारिरहेको छ।आर्थिक हैसियत माथी उठेका दलित समुदायका व्यक्तिहरुलाई बाहुन -क्षेत्रीहरुले समेत समान व्यवहार गरेको पनि देख्न सकिन्छ।छोराछोरीको बिहेबारी पनि राजिखुशीले गरेको पनि पाइन्छ।त्यसैले गरिबी र बिपन्न अवस्थामा रहेका दलित समुदायको आर्थिक हैसियत माथी उठाईदिनु पनि मुक्तिको तेस्रो आँखा हो। तर यो अहिलेको व्यवस्था अन्तर्गत संभव छैन।समाजवादमा मात्रै त्यो संभव छ।चौथो कुरा भनेको हजारौं बर्षदेखि समाजमा यो जात, त्यो जात, यो सानो, त्यो ठूलो, उचनीच भनेर  नसानसामा, रगत र दिमागमा जसरी गाडिएको छ, भरेर राखिएको छ,यसलाई सफा गर्ने कुरा हो।त्यो भनेको अहिले बिकृत रूपमा रहेको शिक्षा प्रणाली, बिकृत रूपमा रहेको सस्कार संस्कृतिहरु जो छन,त्यसलाई बैज्ञानिक बनाउने,समानतामुलक बनाउने,आधुनिक बनाउने र त्यसलाई मानव जातिको हित अनुकुल बनाउने प्रकारको जागरण र चेतना निर्माण गर्ने अभियान जरुरी छ।यो राज्यकै तर्फबाट सञ्चालन गरिनुपर्छ ।

(श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी सङ्ग सी जाति र जातीय मुक्तिको दिशाबारे शेरबहादुर बिश्वकर्माले गरेको कुराकानीमा आधारित सामग्री )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?