कविता : आजभोली गाउँ हराएको छ

महेश चालिसे

दिनभरी पाखामा गाईबस्तु डुल्थे,
गोठालेहरु सितल छहारीमा बसेर बॉंसुरी फुक्थे,
वनजंगलहरु आमा भाउजुहरुको घॉंसी गीतले गुन्जन्थे,
केटाकेटीहरु मोजाको बल बोकेर कुनै विस्वकप खेल्न निस्केको खेलाडी जस्तै मनोवल लियर बारीका पाटो र खेतका गह्राहरुमा निस्कन्थे,
गाउँका बाहरु सॉंझबिहान चिया चौतारीमा बसेर आफ्ना अनुभव र दुखसुखका कुराहरु साट्थे
र पो गाउँ गाउँजस्तै थियो ।
तर आजभोली कता हो कता गाउँ हराएको छ

हर्लिक्सका सीसीमा घ्यु र केही पोका गुन्द्रुक बोकेर दाईहरु परदेश पसेपछि,
केही गाउँहरु मलेसिया पुगे,
केही गाउँहरु कतार पुगे
केही साउदी पुगे
यसरी बिस्तारै गाउँ हराउन थाल्यो

सदरमुकामको बाटो हुंदै बेसीसम्म सडकबाटो पुगेपछी झनै
गाउँहरु हराउँदै गए,
केही गाउँहरु सदरमुकाम झरे,
केही गाउँहरु बजार पसे
केही गाउँहरु राजधानी भासिय
यसरी पनी अलिकती गाउँ हरायो

केही गाउँहरु स्कुल खोज्न निस्किय,
केही गाउँहरु कलेज खोज्न निस्किय,
केही जागीरको खोजिमा निस्किय
केही उपचार गर्न अस्पताल खोज्न निस्किय
र कहिल्यै फर्किएनन्
यसरी फेरी अलिकती गाउँ हरायो

बिहान बेलुकीपख फलैंचामा बसेर हजुरबाहरु लय हालेर रामायण र महाभारतका श्लोकहरु गाउनुहुन्थ्यो ।
मन्त्रमुग्ध भएर सुनिरहन्थे गोठमा बसेका गाइबस्तु,
हजुरबाहरुसंगै हराइगए रामायण सुसेल्ने ओठहरु
हजुरबासंगै हराइगए गुण अनी गोठहरु

छनत अझैपनी बाटोहरु उस्तै छन्
गोरेटोहरु उस्तै छन्
वनजंगल र चौतारीहरु पनी उस्तै छन्
तरपनी गाउँ हराइसकेको छ ।
ढिकी हरायो,
जॉंतो हरायो,
कोल र नोलहरु हरायो,
सबथोक हरायो ।

तर भगवान ! जे जे हराएपनी कुनैदिन,
बा थलिएर तुलसीको मठसम्म सारीदिने मान्छे नहुँदा,
खाडिमा अलपत्र परेको छोरा सम्झिएर झरेको आमाको आँशुहरु पिँडीमा कहिल्यै नहराउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?