१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

कञ्चनपुरमा लम्पी स्किनका कारण २ सय पशुचौपाया मरे, ३ हजार बढी संक्रमित

कञ्चनपुर : कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ। नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ।

केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए। ‘हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ’ उनले भने, ‘संक्रमित पशुको उपचार भइरहेको छ।’

खोपको उपलब्धताका लागि पहल भइरहेको उनको भनाइ छ। सङ्क्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्। ‘ज्वरो आउने, ¥याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ’ भीमदत्त नगरपालिका–१३ का प्रमानन्द भट्टले भने, ‘यस्तै लक्षण देखिएपछि केही महिनाअघि ५० हजारमा किनेको भैँसी मर्यो, अहिले गोठ रित्तो छ।’

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्यांकनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको संक्रमण देखिएको छ। दैनिक २०–२५ पशुचौपायामा संक्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताए।

उनका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको संक्रमणका कारण २ सय पशुचौपाया मरेका छन्। सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा संक्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताए। लम्पी स्किनको संक्रमण देखिएसँगै गाईगोरु मर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन्।

‘लम्पी स्किनको संक्रमण गाउँमा फैलिएको छ, यो संक्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाए’ बेदकोट नगरपालिकाका मनोज जोशीले भने, ‘बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ।’ संक्रमणविरुद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ।

लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिईन। ‘औषधोपचारबाट पनि धेरै संक्रमित चौपाया निको भएका छन्, तर केही समय लाग्ने गरेको छ, औषधोपचारमा विशेष ध्यान दिनुपर्छ’ उनले भनिन् ‘अहिले हामीले संक्रमण देखिएको चौपायाको उपचार गर्ने कार्य गरिरहेका छौँ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?