यदि तपाईं समुद्रको बीचमा एउटा डुंगामा हुनुहुन्छ भने के गर्नुहुन्छ?
१. तपाईं डुंगा चलाउन सिक्ने तरिका तय गर्न चुनाव गराउनुहुन्छ?
२. तपाईं पत्ता लगाउनु हुनेछ डुंगामा कुनै यस्तो व्यक्ति छ, जो डुंगा चलाउन माहिर छ?
यदि तपाईं अर्को विकल्प चुन्नुहुन्छ भने सम्भवतः तपाईं यो मान्नु हुनेछ कि, यस्तो स्थितिमा विशेषज्ञता निकै महत्त्वपूर्ण हुन्छ।
तपाईं चाहनु हुने छैन कुनै नयाँ व्यक्ति जन्म र मरणको यो स्थितिमा अनुमान लगाउन थालोस् कि उसले अब के गर्ने हो?
अब भन्नोस् तपाईं उसका बारेमा के सोच्नहुन्छ जो एउटा ठूलो डुंगा, जसलाई राज्य भनिन्छ, त्यो चलाउँछ?
के यो उत्तम हुँदैन, राज्य चलाउने व्यक्ति छान्नका लागि चुनाव होइन अनुभवीको खोजी गर्नु?
यो कुरा लोकतन्त्रको पालना गर्ने एथेन्सका दार्शनिक प्लेटोले आजभन्दा २४०० वर्षअघि आफ्नो किताब ‘दि रिपब्लिक’ को छैटाैं अध्यायमा दाबी गरेका थिए। उक्त किताब न्याय, मानवस्वभाव, शिक्षा र पुण्यजस्ता विषयमा पहिलो र सबैभन्दा प्रभावशाली मानिन्छ।
‘‘प्लेटो सत्ताको शीर्ष स्थानमा जुन विशेषज्ञलाई देख्न चाहन्थे, त्यो विशेष रुपमा प्रशिक्षित दार्शनिक हुनुपर्छ। उनलाई त्यो व्यक्तिको इमानदारी तथा वास्तविकताको गहिरो बुझाइ (आममानिसभन्दा धेरै बढी) का आधारमा चुन्नुपर्छ।’’
उक्त किताबमा सरकार र राजनीतिका सन्दर्भमा पनि कुरा गरिएको छ। बातचितका रुपमा लेखिएको त्यो किताबमा सुकरात र प्लेटो एवम् उनीहरुका मित्रबीच राज्यसत्ताबारे कुराकानी गरिएको छ। गुरु र शिष्यबीचको बातचितमा भनिएको छ कि, एउटा सरकार अर्कोभन्दा राम्रो कसरी हुन्छ?
किताबमा लोकतन्त्रबारे उनको विचार स्पष्ट देखिन्छ, ग्रिक भाषामा लेखिएको छ- ‘नागरिकको सरकार, निर्णयमैत्री हुन सक्दैन।’
यतिसम्म कि, कुनै नेताका लागि मतदान गर्नु उनी जोखिमपूर्ण काम मान्छन्। किनकि, अप्रासंगिक कुरा जस्तैः मतदाताहरु उम्मेदवारको रुपरंगलगायतबाट प्रभावित हुन सक्छन्। उनीहरुलाई महसुस हुँदैन कि, शासन गर्नदेखि लिएर सरकार चलाउनसम्म पनि योग्यता आवश्यक पर्छ।
बीबीसीको हिस्ट्री अफ आइडियाज सिरिजमा दार्शनिक नाइजल वारबर्टन भन्छन्, ‘‘प्लेटो सत्ताको शीर्ष स्थानमा जुन विशेषज्ञलाई देख्न चाहन्थे, त्यो विशेष रुपमा प्रशिक्षित दार्शनिक हुनुपर्छ। उनलाई त्यो व्यक्तिको इमानदारी तथा वास्तविकताको गहिरो बुझाइ (आममानिसभन्दा धेरै बढी) का आधारमा चुन्नुपर्छ।’’
सत्ताको स्वरुप
यस्तोखाले सत्ताको स्वरुप एरिस्टोक्रेसी (अभिजान्य वर्गको शासन) थियो, जसको ग्रिसेली भाषामा अर्थ हुन्छ- ‘असल मानिसको सरकार’। यस्तो स्वरुपमा केही मानिस आफ्नो जिन्दगीभरि नै नेता बन्ने तयारी गर्थे। यसमा गणतन्त्र सञ्चालन गर्ने जिम्मेवारी हुन्छ र समाजका लागि बुद्धिमत्तापूर्ण निर्णय लिने अपेक्षा गरिन्छ।
बीबीसी आइडियाज कार्यक्रममा सामेल दार्शनिक लिन्डसे पोर्टर भन्छिन्, ‘‘उनको विचार विशेष थियो। प्लेटोलाई लाग्थ्यो- एरिस्टोक्रेटले निःस्वार्थ भाव र बुद्धिमत्तापूर्ण ढंगमा शासन गर्नेछन्।’’
तर, यो आदर्श समाज सधैं पतनको किनारामा उभिएको हुन्छ। पोर्टर भन्छिन्, ‘‘उनले आशंका गरेका थिए कि, पढेलेखेको र बुद्धिमान मानिसको बच्चा आखिर आराम र विशेषाधिकारका कारण भ्रष्ट हुन्छन्। त्यसपछि उनीहरु केबल आफ्नो सम्पत्तिबारे सोच्छन्, जसका कारण एरिस्टोक्रेसी एक ओलिगार्की (सीमित मानिसमा निहित सत्ताको शासन) मा बदलिन्छ। ग्रिकमा यसको अर्थ ‘केही मानिसको शासन’ हुन्छ।
हामी लोकतन्त्रको तारिफ सुन्न अभ्यस्त छाैं, त्यसैले लोकतन्त्र, एरिस्टोक्रेसी र ओलिगार्कीपछि तेस्रो दर्जाको शासन व्यवस्थाबारे सुन्नुपर्दा अचम्म लाग्छ।
धनी र क्षुद्र शासक बजेटको सन्तुलनलाई लिएर चिन्तित हुन्छन्। यसलाई बचत गर्नेमा जोड दिइन्छ र असमानता बढ्न जान्छ।
प्लेटो लेख्छन्, ‘‘जतिजति धनी झनै धनी बन्दै जान्छन्, उनीहरु धन बढाउनेमा विचार गर्न थाल्छन् र मूल्यबारे कममात्रै सोच्छन्।’’
असमानता जसरी बढ्दै जान्छ, अशिक्षित गरिबको संख्या धनीको भन्दा बढी हुन्छ। र, ओलिगार्क सत्ताको अन्त्य हुन्छ अनि राज्य लोकतन्त्र आउँछ।
हामी लोकतन्त्रको तारिफ सुन्न अभ्यस्त छाैं, त्यसैले लोकतन्त्र, एरिस्टोक्रेसी र ओलिगार्कीपछि तेस्रो दर्जाको शासन व्यवस्थाबारे सुन्नुपर्दा अचम्म लाग्छ।
यतिमात्र होइन, ‘रिपब्लिक’ मा प्लेटोले सुकराततर्फ संकेत गर्दै भनेका छन्- लोकतन्त्र अराजकताको एउटा सुखद रुप हो। र, यो पनि अन्य व्यवस्थाजस्तै विरोधाभासका कारण समाप्त हुन्छ। जसरी ओलिगार्की, एरिस्टोक्रेसीबाट उत्पन्न भएको थियो, त्यसैगरी लोकतन्त्र (जनताको शासन) बाट पनि निरंकुशता जन्मन्छ।
यसको मुख्य कारण के हो भने, मानिसहरु सम्पत्ति कमाउन दौडन्छन्, एउटा अन्धो दौडमा सामेल हुन्छन्। समाजमा समानताको माग उठ्न थाल्छ। समानताको भोक बढ्छ।
र, यसरी नै तृप्त नहुनेखालको स्वतन्त्रताको मागले एउटा निरंकुशताका माग पैदा गरिदिन्छ।
स्वतन्त्रताको अधिकता
यो एउटा यस्तो विचार हो, जसलाई स्वीकार गर्न निकै कठिन छ। कुरा के हो भने, जब मानिसलाई स्वतन्त्रता मिल्छ तब ऊ त्योभन्दा बढी स्वतन्त्र हुन खोज्छ। कुनै पनि मूल्यमा स्वतन्त्रता पाउनु हाम्रो लक्ष्य हो भने, स्वतन्त्रताले अधिकतम रुपमा गुट र मतभिन्नतालाई जन्म दिन्छ। मानिसहरु बढी मात्रामा संकीर्ण हितको पूर्तिमा लाग्नाले अन्य कुरा ओझेल पर्न थाल्छन्।
यस्तो अवस्थामा जो मानिस नेता बन्न चाहन्छ, उसले गुटलाई सन्तुष्ट पार्नुपर्ने हुन्छ। उनीहरुको भावनालाई ध्यान दिनुपर्ने हुन्छ। र, त्यो स्थितिले नै तानाशाह बलियो बन्ने अवस्था बनाइदिन्छ। उसले त्यो गुटलाई समर्थन गर्छ जसले डरधम्की मान्छ र तिनले त्यही नेतालाई आफ्नो रक्षक ठान्छन्।
यद्यपि, एथेन्समा प्रत्यक्ष लोकतन्त्र थियो। मतदाताहरु हरेक विषयमा मत दिने गर्थे, कहिल्यै नसकिने जनमतसंग्रह पनि त्यसमध्ये एउटा थियो।
ती मानिस जो निरन्तर आफैंलाई सोध्छन्, ‘सबैभन्दा उचित र विवेकपूर्ण कदम के होला?’ यस्तो अवस्थामा प्लेटोको स्मरण हुन्छ, ‘‘उचित, विवेकपूर्ण र बुद्धिमत्तापूर्ण निर्णय गर। मूल्यमान्यताको राज होस्, भावनाको होइन।’’
पोर्टर भन्छिन्, ‘‘अहिले कतिपय संस्था छन्, ती प्लेटोको समयमा थिएनन्- प्रतिनिधित्वयुक्त लोकतन्त्र, सर्वोच्च अदालत, मानवअधिकार कानुन, सर्वशिक्षा। यी यस्ता बचावटका उपकरण हुन् जसले अविवेकी भीडको शासनलाई नियन्त्रित गर्छ।’’
तर, हालैका दिनमा डोनाल्ड ट्रम्पजस्ता नेताको उदयले ‘दि रिपब्लिक’मा लेखिएको चेतावनीलाई पुनः महत्त्वपूर्ण बनाइदिएको छ। कतिपय विश्लेषक र राजनीतिक टिप्पणीकार जस्तैः एन्ड्र्यु सलिवानले बीबीसीसँग कुरा गर्दा प्लेटोका विचार स्मरण गरेका थिए।
उनले भनेका थिए, ‘‘यस्ता नेता सामान्य रुपमा उच्च वर्गबाट आउँछन्, तर वर्तमान समयमा तालमेल कायम राख्छन्। तिनले आज्ञाकारी भीडमाथि अधिकार जमाएका हुन्छन् र भीडले नै धनी मानिसलाई भ्रष्टाचारी करार गरिदिन्छ।’’
उनी थप्छन्, ‘‘अन्त्यमा ऊ एक्लै उभिन्छ र भ्रमित, विचलित तथा आफैंमा डुबेका जनतालाई अनगिन्ती विकल्पमध्ये एउटा छान्न र लोकतन्त्रको सुरक्षा गर्न स्वतन्त्रता दिन्छ। यस्तो व्यक्ति सबै समस्याको समाधान आफूलाई ठान्छ। जनताले यिनलाई समस्या समाधानकर्ता ठान्दै उत्साही हुन्छन् र ऐच्छिक लोकतन्त्रलाई हतारमा मारिदिन्छन्।’’
ती मानिस जो निरन्तर आफैंलाई सोध्छन्, ‘सबैभन्दा उचित र विवेकपूर्ण कदम के होला?’ यस्तो अवस्थामा प्लेटोको स्मरण हुन्छ, ‘‘उचित, विवेकपूर्ण र बुद्धिमत्तापूर्ण निर्णय गर। मूल्यमान्यताको राज होस्, भावनाको होइन।’’ – विवीसी