२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

हिन्दु महिलाहरूको मौन पीडा « युग प्रेस

हाम्रो समाजमा एक व्यापक र दर्दनाक वास्तविकता अवस्थित छ जुन धेरै हिन्दू महिलाहरूले सहि रहेका छन् । महिला अधिकार र महिला सशक्तिकरणका विभिन्न क्षेत्रमा भएको प्रगतिको बाबजुद पनि हिन्दू महिलाहरूको मौन पीडा एक दुखद सत्य हो जसलाई समाज, परिवार र न्यायिक निकाय, तथा सम्पूर्ण सम्बन्धित निकायहरुबाट वेवास्था गरेको पाइन्छ । यी विषयलाई सङ्क्षेपमा बुझौं ।

परम्परा र संस्कृतिको बोझ :
संस्कृति र परम्पराको धनी हिन्दू समाजले महिलाहरूलाई देवीका रूपमा पुजा गर्ने गरेको छ। तर, महिलालाई पूज्ने परम्पराले पनि उनीहरूलाई बन्धक बनाएको छ । सानै उमेरदेखि, सम्पूर्ण हिन्दू महिलाहरूलाई परिवारलाई आफूभन्दा बढी प्राथमिकता दिन, कर्तव्यको खातिर आफ्ना सपनाहरू बलिदान गर्न , सहनशील बन्न , प्रतिकूलताको सामना गर्नु र मौन रहनु संस्कारी छोरीको धर्म हो भनेर प्रशिक्षित गरिँदै आएको छ । जुन सांस्कृतिक कडिले जीवनभरको पीडा निम्त्याउँछ । जहाँ महिलाहरूले कुनै गुनासो बिना सामाजिक अपेक्षाहरूको चपेटामा जीवन विताई रहेका छन् ।

दाइजो प्रथा:
महिला पीडाको सबैभन्दा ज्वलन्त उदाहरण दाइजो प्रथा पनि हो । यो प्रथा गैरकानुनी भए पनि, पुर्ण निर्मुल हुन भने सकेको छैन । जसले गर्दा जिउँदै जलाइएका दुलहीहरू, अथक उत्पीडनबाट आत्महत्या गर्न बाध्य भएका महिलाहरूका दुःखद कथाहरू तथ्याङ्क मात्र होइनन् । तिनीहरू सामाजिक र सांस्कृतिक दबाबले नष्ट भएका जीवनका हृदयविदारक कथाहरू हुन् ।

घरेलु हिंसा:
पारिवारिक सम्मान जोगाउने नाममा न्यायोचित, हिन्दू महिलाहरूले सामना गर्ने अर्को विपत्ति हो घरेलु हिंसा । आफ्नो पति वा ससुरालको बिरूद्ध बोल्नुमा जोडिएको सामाजिक कलंकको अर्थ धेरै महिलाहरू चुपचाप पिडा सहन बाध्य छन् । धार्मिक मान र पारिवारिक सम्मान बचाउने झिनो आशामा अपमानजनक जीवन बाँच्न मात्र होइन चुप चाप श्रीमानको हातबाट मृत्यु बरण सम्म हुन परेको छ ।

आर्थिक परनिर्भरता र शिक्षाको अभाव :
आर्थिक परनिर्भरता हिन्दू महिलाहरूको पीडामा ठूलो योगदान गर्ने अर्को कारक तत्व हो । हिन्दू र मुस्लिम समुदायका धेरै जसो घरपरिवारमा महिलाहरू अझै पनि गृहिणी नै रहुन् भन्ने अपेक्षा गरिन्छ जुन अपेक्षा महिलाले पूरा गर्न नसके वैवाहिक जीवन नै सकिने खतरा हुन्छ र महिलाहरु समाजिक,संस्कृति मर्यादा बचाउन सबै त्याग्न तयार हुन्छन । बिबिध कारणहरूले गर्दा आर्थिक स्वतन्त्रतामा महिलाहरुको पहुँच भने जस्तो हुन बाट वञ्चित छ । जस्ले उनीहरूको स्वतन्त्रतालाई सीमित मात्र गर्दैन, उनीहरूलाई शोषण र दुर्व्यवहार सहन गर्न तयार बनाइरहेको हुन्छं । आफु माथि भएको दुर्व्यवहारलाई अधिकांश महिलाहरूले आफु संग सहनुको विकल्प नभएको महसुस गर्छन् ।

महिलाहरूमा शिक्षाको कमीले यो समस्यालाई बढाउँछ। अशिक्षित महिलाहरू आफ्नो अधिकारको बारेमा कम सचेत हुन्छन् र उनीहरु पीडालाई स्वीकार गरेर , सहनशीलताको उदहारण दिँदै हिन्दू संस्कारलाई पुरा पुर निभाई रहेका हुन्छन् । जसले महिला माथि हुने उत्पीडनको दुष्चक्रलाई निरन्तरता दिई रहेको छ ।

आफु माथि भएको दुर्व्यवहारको बारेमा बोल्दा गम्भीर सामाजिक कलंक, पारिवारिक तिरस्कार , वा आर्थिक सुरक्षाको क्षति हुन सक्छ भन्ने पीरले बर्सेनि लाखौँ महिलाहरू आत्म हत्या, श्रीमान बाट मृत्यु , ससुरा बाट बलत्कार जस्ता हिंसात्मक , आपराधिक क्रियाकलाप सहन बाध्य छन् । कानूनी रूपमा महिला अधिकारको ब्यबस्था गरिएता पनि त्यसको केही प्रतिशत मात्र पनि न्याय प्रदान गर्न असफल छ सरकार र कानुन ।

जहाँ महिलाको मृत्यु सम्म मौन रहन्छ, यस्तो अवस्थालाई कम गर्न प्रणालीगत परिवर्तन, यसमा बलियो कानुनी सुरक्षाका साथै सामाजिक मनोवृत्ति परिवर्तन गर्न जनचेतना अभियान, र महिलाहरूलाई आर्थिक स्वतन्त्रता र सामाजिक सशक्तिकरण जस्ता विभिन्न अन्तर्निहित मुद्दाहरूलाई सम्बोधन गरेर मात्र नेपालमा हिंसा र मौनताको चक्र तोड्न सकिन्छ । यसतर्फ देशका सम्बन्धीत निकायहरुले समयमै ध्यान पुर्याउन अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?