२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

आधारबिना स्वतन्त्र हुन् चाहँदैमा सम्बन्ध विच्छेद नहुने अदालतको फैसला

काठमाण्डौं : काठमाण्डौं जिल्ला अदालतले सम्बन्ध विच्छेदको मुद्दाको गरेको फैसलालाई यतिबेला चर्चाको दृष्टिले हेरिदै छ । खासमा के थियो मुद्दाको विवाद र के गर्यो अदालतले फैसलाको बारेमा यसमा हामी चर्चा गर्ने छौं ।

बैतडी डीलासैनी ४ का मोहन बहादुर विष्ट र धादिङ नीलकण्ठ नगरपालिका ११ की सोनी गुरुङ बीच २०७६ /८/१२ गते सामाजिक परम्परा अनुसार नै विवाह सम्पन्न भएको हुन्छ । बिष्टकी पत्नी गुरुङले आफ्ना पति संग सामान्य कुरामा पनि मनमुटाव हुने भएकाले आफूहरु एकआपसमा श्रीमान श्रीमती भएर बस्न नसक्ने र स्वन्तन्त्र जीवन बिताउने भनी सम्बन्ध विच्छेदको दाबी लिएर काठमाण्डौं जिल्ला अदालतमा फिरादपत्र दायर गर्छिन । साथै गुरुङले निज विपक्षी मोहन बहादुर बिष्ट पति पत्नीको नाता, सम्बन्ध बिच्छेद गरिपाउँ भन्नेसमेत बेहोराको वादी सोनी गुरूङको फिराद मागदाबी थियो ।

आफूले पत्नी संग कठोर शब्द समेत प्रयोग नगरेको निजले अष्ट्रेलिया जाने मनसाय राखी सरसापट गरी १८ लाख खर्च गरी जाने प्रकृया गरेको र भिसा नआएको प्रतिवादीको प्रतिउत्तरपत्रमा उल्लेख छ । प्रतिवादी विष्टले निजकै कारण आफ्नो १८ लाख डुबेको भन्दै उक्त रकम भराई पाउने र विवाह सम्बन्ध यथावत राखी पाउँ भन्ने दाबी प्रतिवादी मोहन वहादुर विष्टले लिएका थिए ।

नेपालको मुलुकी देवानी संहिता २०७४ को कानूनी प्रावधान अनुसार श्रीमान र श्रीमती आपसी सहमति भए अदातलले सहजै सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाउँछ र सम्बन्ध विच्छेद गरिदिन्छ । तर अन्य अवस्थामा श्रीमान वा श्रीमतीले सम्बन्ध विच्छेद गराउन चाहेमा स्पष्ट आधार आबस्यक पर्छ । जस अनुसार मुलुकी देवानी संहिता २०७४ मा निम्न कानूनी प्रावधान छन ।

दफा ९३. दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने : पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन्।
दफा ९४. पतिले सम्बन्ध विच्छेद गर्न सक्ने : पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ :-
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मजुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।
दफा ९५. पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने : पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन्ः –
(क) कानून बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मजुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पतिले अर्को विवाह गरेमा,
(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,
(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।

यस मोहन बहादुर विष्ट र सोनी गुरुङको समबन्ध विच्छेद मुद्दामा काठमाडौ जिल्ला अदातलले गरेको व्याख्या यस्तो छ :

“पति-पत्नी भैसकेपछी प्रेमी-प्रेमिका जस्तो केवल इच्छाअनुसार सहजै छुट्टिन नपाईने अदालतको ठहर छ । साथै कुनै महिला( वादी) ले अंश दावी नगरी सम्बन्ध बिच्छेदको फिराद दर्ता गर्दैमा सम्बन्ध बिच्छेद नहुने ,कुनै महिलालाइ पति सङ्ग सम्बन्ध बिच्छेद गरि स्वतन्त्र जीवन बिताउने इच्छा जागेकै भरमा मात्रै सम्बन्ध बिच्छेद गर्ने हकदैया प्राप्त नहुने , सम्बन्ध बिच्छेद हुनको लागि मुलुकी देवानी संहिता २०७४ को दफा ९५ को (क) (ख) (ग) (घ) (ङ) (च) को के कुन आधारमा सम्बन्ध बिच्छेद हुनुपर्ने हो प्रष्ट हुनुपर्ने, जब दुई जनाले स्वतन्त्र रुपमा एक अर्काको पति पत्नी भइ जीवन जिउने मन्जुरी गर्दछन, ततपश्चात निजहरूको एक अर्काप्रती घर-परिवार, समाज र सन्तान प्रती अनेकौं किसिमका अधिकार र दायित्वहरु सिर्जना हुन जाने र यस्तो अवस्थामा कुनै एक पक्षको इच्छा र चाहनामा सो पवित्र सम्बन्ध बिच्छेद गर्न पाउने गरि कानूनी ब्यवस्थालाई खुकुलो बनाइदिने हो भने ब्यक्ती आफू बाहेक अन्य सङ्ग जिम्मेवार नरहन जाने खतरा उत्पन्न हुन जान्छ जसको परिणाम स्वरुप घर-परिवार, समाज, नाता-सम्बन्ध केवल देखावटी र मेकानिकल मात्र बन्न जाने तथा मुलुकी देवानी संहिता २०७४ को दफा ९४ र ९५ को ब्यवस्था केवल कागजी र देखावटी होइनन, पति वा पत्नीले एक अर्को सङ्ग केवल मनोगत आधारमा सम्बन्ध बिच्छेदको दावी लिन नसकुन र पति पत्नीको सम्बन्ध केवल लहड, रहर र इच्छाले टुट्न सक्ने कमजोर सम्बन्ध नबनोस भन्ने बिधायिकाको इच्छा रहेको देखिने अदालतले ठहर गरेको छ ।

अदालतको यस फैसला श्रीमान वा श्रीमतीले आफू स्वतन्त्र बस्न चाहना भएकै भरमा अलग हुन् बन्देज लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?