सबै नीतिको पनि मुल नीति भनेको राजनीति हो भनेर हामीले भनिरहेका छौँ । राजनीतिमा आएको विकृतिकै कारणले संभवत: हामीहरु नयाँ ढङ्गले विचारको मन्थन गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ । वास्तवमा हाम्रो राजनीतिक बिखारिएको जस्तो लाग्छ । एउटा मुल बाटोमा नगएर छरपस्ट भएको जस्तो छ । हामी आफूलाई कम्युनिस्ट पनि भन्छौं । तर यसरी विभिन्न रूपमा कम्युनिस्ट आन्दोलन विभिन्न हाँगा विगामा छरिएको छ । यसो हुनुको मुख्य कारण के होला भन्ने कुरा वर्तमानको एउटा प्रश्न हो । मेरो विचारमा कम्युनिष्ट आन्दोलन र पार्टीहरु यसरी विखारिनुको पछाडि हाम्रो साझा शत्रु के हो भनेर छुट्याउन नसक्नु नै हो । त्यसैले सबैभन्दा पहिला मुलुकको कमन समस्या के हो भन्ने कुरा पहिल्याउन सक्यौ भने संभवतःकम्युनिस्टहरुको बाटो पनि एउटै हुन्छ कि ?
संविधानमा समाजवाद लेख्ने वित्तिकै सबैका लागि त्यो नारा त भयो तर साम्यवादी हुँ भन्यो भने अहिले पनि पुलिसले थुनिदेला कि जस्तो वातावरण छ । तपाई भन्नुहोस् वा नभन्नुहोस् समाजवाद भन्ने टोपी जसले र जसरी लगाउदा पनि हुने जस्तो भयो । समाजवादको आ–आफ्नो व्याख्या पनि छ । साझा शत्रुको बारेमा जुन भनियो, त्यो भनेको के हो भने जस्तो राजतन्त्र फाल्ने बेला सबै शक्तिहरु एकताबद्ध भएरअगाडि बढेका थिए । जसरी राजतन्त्र तत्कालिन परिस्थितिमा साझा दुश्मन थियो, अहिले त्यसरी नै गरिवी विरुद्धको संघर्षलाई साझाँ बनाउने हो भने त्यहाँबाट कोहि पनि अलग हुन गार्है पर्छ ।
अहिले हामीले तुरुन्तै संसदीय प्रणाली फाल्ने कुरा गार्यो भने त्यसको विकल्पमा तुरुन्तै के हुने त भन्ने प्रश्न आइहाल्छ ।हामीले जनवादी व्यवस्था विकल्प हो भन्यौ भने कुनै अर्को साथीले अरु कुरा त ठिक छ तर जनवादी व्यवस्था त जिन्दगी भर सहन्न, मान्दिन भन्न सक्छ ।यसबारे कसरी जाने स्पस्ट गर्न जरुरी छ।
सत्ता राजनीतिमा रहेका पार्टी र नेताहरुका वीचमा कैयौँ अन्य भिन्नताहरु हुन सक्लान तर तीन ओटा कुराहरु देशको आर्थिक नीति, विदेश नीति र रक्षा नीतिमा साझा धारणा अपरिहार्य छ । हामी अबको केहि समयपछि संसारलाई नै आर्थिक र रणनीतिक रुपमा प्रभाव पार्न सक्ने दुई ठुला देशहरु भरत र चीनको बीचमा बसेका छौँ । भूगोल र जनसङ्ख्याका हिसाबले नेपाल सानो होला तर आर्थिक विकासको संभावना र हाम्रो विगतको इतिहासका हिसाबले टाउको निहुराउनु पर्ने ठाउँमा हामी छैनौँ । यी तीन ओटा कुरामा पार्टीहरुवीच साझाँ धारण हुने वित्तिकै र जब हामी आर्थिक रुपमा वा आत्मीक रुपमा बलियो हुन्छौँ त्यतिबेला कुनैपनि शक्तिले हल्लाउन सक्तैन ।
राजनीतिमा जे बोलिएको छ त्यो हुन सक्ने परिस्थिति बनाउनका लागि जनस्तरबाट पनि दबाब दिन जरुरी छ ।जुन अहिले हुन सकिरहेको छैन। रणनीतिक हिसाबले पनि देशको खुला सिमानालाई बन्द गर्ने होइन की नियमन गर्ने भनौं । केहि दिन अघि भारतिय विदेश मन्त्री आएपछि उनले` जहिले पनि आफू नेपाल आउँदा चिनियाँहरुलाई डाक्नुपर्ने कारण के हो ´भनेर प्रश्न गरे । हामी सर्वभौम हो भने हाम्रोमा को आउँछ र को जान्छ, त्यो हाम्रो आन्तरिक मामला हुनुपर्ने होईन र ?किन हुँदैन त्यस्तो ?
एकपटक एमसीसीबारे एउटा बहसमा झाक्री जी र गगन थापा थिए, उनिहरुलाई हाम्रो अर्थ सचिवको नेतृत्वमा रहेको एमसीए भन्ने जुन संयन्त्र छ, त्यसलाई अमेरिकाको एमसीसीले अनुमोदन गर्नुपर्ने कारण के हो भनि सोधेको थिए तर उनिहरुले त्यसको जवाफ दिएनन । यद्यपी दर्शकहरुलाई त्यसले राम्रौ पार्यो होला भन्ने लाग्छ ।त्यहाँ एमसीएको प्रमुखहरुको फेरबदल हुँदा अमेरिकीहरुको स्वीकृति चाहिने व्यवस्था छ । त्यो परियोजना हाम्रो हो कि अमेरिकाको हो भने कुरा यहि एउटा घटनाले पनि पुस्टि हुन्छ ।
यदि हामी आन्तरिक रुपमा एकताबद्ध भएर जाने हो भने जस्तोसुकै दुश्मनलाई पनि पराजित गर्न सकिन्छ भन्ने कुरा क्युवा र भियतत्रामको उदाहरणले पनि साबित गरिसकेको छ । त्यसैले हाम्रो जस्तो देशमा साझा बिषयमा साझा ढङ्गले नै अगाडि बढ्ने हो भने मात्रै देशलाई फाइदा हुन सक्छ।
अब अलिकति देशको आर्थिक विषयमा चर्चा गर्नुपर्दा जस्तो केहि समय अघि ५ सय सहकारीहरु समस्याग्रस्त छन भन्ने कुरा सरकारले नै भनिरहेको छ । यसो हुनुको पछाडि अरु धेरै कारणहरु भएपनि एउटा कारण भनेको सहकारीमा कतिसम्म निक्षेप जम्मा गर्न पाइने भन्ने कुराको लिमिटेशन नै भएन। एकपटक २५ लाख सम्म सिमा तोक्ने कुरा थियो तर सहकारी भित्र घुसेका बलवानहरुले त्यो सिमालाई भत्काइ दिए । बैँकहरुमा बचत गर्दा भने श्रोत खुलाउनु पर्ने, कारोबारको सिमा तोकिने तर सहकारीमा करोडौँ जम्मा गर्न मिल्ने, श्रोत खुलाउन नपर्ने भएपछि अहिलेको समस्या आएको हो । साच्चै नै सहकारीहरु समस्यामा छन् । समस्यामा भएकै कारणले अहिलेको मन्दीलाई समेत सहकारी क्षेत्रले समेत थेगभरोसा गहिरहेको छ ।
अर्थतन्त्रको अहिलेको समस्या जो छ साच्चिकै यो आर्थिक मन्दी हो त ? भन्दा यसमा दुइटा पाटोबाट हेर्नुपर्छ । एउटा अर्थतन्त्रको हाम्रो आन्तरिक पक्ष र अर्को बाह्य क्षेत्र । अहिले वैँक लिलामीका सूचनाहरु पत्रपत्रिकामा प्रशस्त देखिन्छन् । खराब कर्जा बढदै गएको कुरा आइरहेका छन् । बाह्य क्षेत्रका पनि दुइटा कुराहरु एउटा चालु खाता र अर्को वस्तु व्यापार। अहिले व्यापार घाटा त छ तर त्यो घट्दै आएको छ । सेवा व्यापार जस्तो इन्जिनियरिङ, डक्टर, ट्रान्सपोर्टेशन जस्ता कुराहरु त्यसमा पनि थोरबहुत घाटा छ तर ट्रान्सफरमा राम्रो भएको भन्ने छ । जब रेमिटेन्स ह्वात्तै बढ्यो तब चालुखाता नै नाफामा छ भन्ने छ ।
(२०८०माघ१३ मा काठमाडौंमा आयोजित “वर्तमान संकट र समाधान विषयक”अन्तर्कृयामा व्यक्त मन्तव्य।प्रस्तुति शेरबहादुर बिध्वकर्मा)