आजकल धेरै मानिसमा गलामा टन्सिलको समस्या देखा पर्ने गरेको छ । टन्सिल हुँदा गला सुन्निने, बेस्सरी दुख्ने, बोल्न समस्या हुने लगायतको समस्या देखापर्दछ । यो चिसो, संक्रमण,ब्याक्टेरिया,गलत खानपान र मौसम परिवर्तनका कारण हुने गर्दछ ।
हाम्रो मुखभित्र घाँटीमा दुईवटा ग्रन्थि हुन्छन्, जसलाई टन्सिल भनिन्छ । यसको काम कीटाणुविरुद्ध लडेर शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउनु हो । यी ग्रन्थि आफैँ संक्रमित भएको अवस्थालाई हामी टन्सिलाइटिस वा टन्सिल भन्छौँ । भाइरस र ब्याक्टेरियाका कारण यी ग्रन्थि संक्रमित हुन सक्छन् ।
घाँटी दुख्ने, कान दुख्ने, खाना निल्न असजिलने हुने, घाँटीको माथिल्लो भागमा स–सना घाउ आउने र यस्ताखाले विभिन्न संक्रमण भएर घाँटी सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ । जसले गर्दा टन्सिल वरिपरी पिप जम्मा भएर वाथ ज्वरो आउने लगायत विभिन्न समस्या हुन सक्ने डाक्टर बताउँछन् ।
के हो टन्सिल?
हाम्रो घाँटी र जिब्रोको पछाडि भागमा दुबैतिर बदाम आकारको अंग हुन्छ जसलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फेटिक प्रणालीको एउटा खण्ड हो । यो हाम्रो प्रतिरोध प्रणाली अन्तर्गत पर्दछ। यसले हाम्रो नाक र मुखबाट आउने रोगका किटाणु (भाइरस, व्याक्टेरिया) लाई शरीर भित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम गर्छ। तसर्थ टन्सिललाई घाँटीको द्वारपाल अर्थात पहरेदार पनि भनिन्छ । यसलाई हाम्रो प्रतिरोध प्रणालीको पहिलो पंक्ति मानिन्छ ।
टन्सिल भएमा घरेलु उपचार गर्न सकिन्छ । यसका केही विधि प्रचलित र प्रभावकारी छन् ।
१. दालचीनी र मह
महले धेरैजसो रोगमा रामवाण जस्तै काम गर्छ । टन्सिलको समस्यामा दालचीनी र मह दुबै लाभदायक हुन्छ । दालचीनीमा दुखाइ कम गर्ने गुण हुन्छ । साथै, महमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले संक्रमण गराउने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।
२. दूध, बेसार र कालो मरिच
टन्सिलको अर्को प्रभावकारी घरेलु उपचार भनेको दूध, बेसार र मरिचको मिश्रण हो । यसको मिश्रण एकसाथ खाँदा टन्सिलको समस्या निको हुन्छ । बेसारमा एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले घाँटी दुख्ने र सुन्निने समस्यालाई कम गर्छ । साथै, मरिचले घाँटी सम्बन्धित समस्या कम गर्न सहयोग गर्छ ।
३. बेसार, बीरेनून र मरिच पानीमा हालेर उमाल्नुस् । त्यसपछि त्यो पानीले दिनमा दुईचोटि गला सफा गर्नुस् ।
४. ल्वाङ, अलैंची र दालचिनीलाई ग्रीन टीमा हालेर पिउँदा गलामा जमेको ब्याक्टेरिया बिस्तारै मर्छ र टन्सिल निको हुन्छ ।
५. अदुवा र मह हालेको चिया पिएमा पनि टन्सिल निको हुन्छ ।
टन्सिलाइटिसको घरेलु उपचार अरू के के छन?
टन्सिलाइटिसका बिरामीले अमिलो, पिरो, गुलियो, माछा, मासु खानु हुँदैन
मनतातो पानी पिउने, नुनपानीले गरारा गर्ने ,कुल्ला गर्ने
गाँजरको जुस पिउने गर्नुपर्छ ।
नुन मिसाइएको चियाको सेवनले टन्सिलमा राहात मिल्छ ।
एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।
कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।
हर्बल चिया पनि टन्सिलको उपचारको राम्रो उपाय हो ।